पाल्पा /भैरव रिसाल मिडिया फेलोशिप २०७९ यस वर्ष कान्तिपुरकर्मी माधबप्रसाद अर्यालले हात पारेका छन् ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यो फेलोशिप हरेक वर्ष प्रदान गर्ने गर्दछ । अर्याललाई काठमाडौमा एक कार्यक्रममा आयोजना गरी वरिष्ठ वातावरण पत्रकार भैरब रिसाल, एन्फोका अध्यक्ष राजिब जोशी र समाज कल्याण मन्त्रालयका सदस्य सचिब मनोज भट्टले नगद २५ हजार् र प्रमाणपत्र प्रदान गरेका हुन ।
पुरस्कृत पत्रकार अर्याल दुई दसक देखि पाल्पाबाट बन, वातावरण, जनस्वास्थ्यको क्षेत्रका साथै व्यवसायिक पत्रकारितामा संलग्न रहेका छन् । अर्याल हाल कान्तिपुर दैनिकको उप सम्पादक सहित विभिन्न मिडियामा काम गर्दै आएका छन् ।