पाल्पा क्षेत्र नं. २ मा ठाकुर गैरे सिफारिस

पाल्पा, नेकपा एमाले पाल्पाले २ नं. निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । सिफारिस भएको नाम जिल्ला कमिटीको बैठकमा पेश गरिने छ ।

विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका नेता गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै अहिले नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज रहेर राजनीतिमा क्रियाशील छन् ।

नेता गैरेको प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा नाम सिफारिस भएपछि पाल्पा क्षेत्र नं. २ का मतदाता हौसिएका छन् । क्षेत्रले एक जुझारु एवं आशालाग्दो युवा नेता उम्मेदवार पाउनु नेकपा एमालेका लागि शुभसंकेत भएको नेता कार्यकर्ताहरुले बताएको नेकपा एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयले बताए ।

सम्बन्धित खवर