
विजयकुमार बौडेल
नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक संस्कार भएकासंग एमालेको सहकार्य हुने बताएका छन् । उनले नेपाली कांग्रेसको पछिल्लो नेतृत्वको सत्तामोह नीतिका कारण कांग्रेस भित्रका पुराना नेताहरुमा असन्तुष्टी बढेकोले राजनीतिक संस्कार भएकासंग एमालेको सहकार्य हुने नेता ज्ञवालीले बताए । जसको नतिजा मंसिर ४ को संघीय र प्रदेश निर्वाचन पछि प्राप्त हुने समेत उनको भनाइ छ ।
नेकपा एमाले तानसेन, बगनासकाली र चिदिपानीले आयोजना गरेको पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताएका हुन । नेता ज्ञवालीले एमालेले उठाएको राष्ट्रियताको झण्डालाई गठबन्धनले जरैदेखि उखेलेको समेत बताए । उनले नेकपा एमालेको नेतृत्व सधै राष्ट्रियताका सवालमा सधै सतिसाल भएर उभिएको बताए ।
नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतमा गएर प्रधानमन्त्रीको पालो बाँड्ने,गृहमन्त्रीले अन्य मुलुकका राजदुतको अनुमती लिएर सुरक्षा प्रमुख नियुक्त गर्ने जस्ता काम लज्जास्पद र देशको दुर्भाग्य भएको बताए ।
“कानुन सबैका लागि बराबर हो, व्यापारिका बिचौलियाहरु सिंहदरबार पसेर करको दायरा हेरफेर गर्ने कार्यले देशको उद्योग बन्द हुने अवस्थामा छन ।“ नेता ज्ञवालीले भने “ देशको अर्थतन्त्रलाई दलाल पुँजीवादीहरुको हातमा सुम्पने कार्यको ढाकछोप गर्न गठबन्धन सरकार लागिपरेको आरोप लगाए ।“
नेता ज्ञवालीले प्रश्न गर्नुभयो । “इतिहासमा धेरै भ्रष्टाचार भए होलान । हामीले पनि रोक्न सकेनौं होला “तर राज्य शक्ति नै लागेर भ्रष्टाचार प्रोत्साहन गर्ने र मिलेमतो गर्ने यो पहिलो सरकार रहेको बताए । “यस्तो सरकारबाट नेपाली जनताले विकासको अपेक्षा गर्न नसक्ने बताए ।
“नेकपा एमालेले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचन हार्न मिल्दैन, हार्न सक्दैन, हार्न हुँदैन ।“ नेता ज्ञवालीले भने “एउटा पार्टीलाई टार्गेट गरेर पार्टी विभाजनको अध्यादेश ल्याउनु अरु कुनै तरिकाले एमालेलाई हराउन सकिँदैन भन्ने मनस्थिति हो ।“ यसले एमाले कमजोर नभई थप शक्तिशाली भएको उनको भनाइ छ ।