दुई भवनबाट पाँच कार्यालयको सेवा

विजयकुमार बौडेल
पाल्पाका पाँच सरकारी कार्यालयले आफ्नै दुई भवनबाट सेवा सुरु गरेका छन् । सहरी विकास तथा भवन निर्माण कार्यालयले संघीय आयोजना अन्तर्गत तानसेन ४ बारुदखानमा दुई वटा भवन निर्माण गरी हस्तानतरण गरेको हो । जसमा ६० कोठा छन् । यहि भवनबाट जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय , तथ्यांक कार्यालय र राष्ट्रिय भूमी आयोगले सेवा सुरु गरेका हुन ।

तीस महिनामा भवन निर्माण सम्पन्न गर्नेगरी भएको ठेक्का सात वर्षमा सकिए पछि सरकारी कार्यालयले भवन पाएका हुन । निर्माणको ठेक्का पाएको कम्पनी रविना कन्स्ट्रक्सन प्रालिले ८ करोड ९७ लाख ३८ हजारमा दुई वटा भवन निर्माण गरेको हो ।

नवनिर्मित कार्यालय भवनमा आवास सुविधासमेत छ । निर्माण कार्य केही ढिलाइ भएपनि भवन भूकम्पप्रतिरोधी रहेको छ । भवन निर्माणसँगै कार्यालयबाट सेवा दिन सहज भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारीको भनाइ छ । पाल्पामा अझैपनि करदाता सेवा कार्यालयको आफ्नै भवन छैन् । एकीकृत रुपमा कार्यालय संचालन हुदै आएको पाल्पा दरवार ०६२ सालको तत्कालीन माओवादी आक्रमणबाट ध्वस्त भएपछि केही कार्यालय भाडामा बस्दै आएका थिए ।

सम्बन्धित खवर