कमल अधिकारी
पाल्पाका किसानलाई रासायनिक मलको चिन्तले छाडेको छैन् । मल कुरेर बसेका किसानले आठ महिनामा अपुग युरिया मल पाएपछि उनीहरुको चिन्ता थपिएको हो । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका लागि दुई सय ५० मेट्रिक टन युरिया मल पठाएको थियो । प्राप्त मल जिल्लाका दश स्थानीय तहका ६१ सहकारी संस्थमार्फत वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीले बताइन् ।
किसानले भने भागमा परेको मल पर्याप्त नभएको गुनासो गरेका छन् । मकै खेतीमा मल हाल्न नपाएका र वर्षे धान गोडेर मल राख्न कुरेर बसेका किसान आएको मल पर्याप्त नहुँदा थप चिन्नित भएका हुन् । मकै र धान लगाउने बेला युरिया राख्न नपाएको र अहिले आएको मल मागको पचास प्रतिशत मात्रै रहेको मदनपोखरना संगम बहुउद्देश्य कृषि बजार सहकारीका संस्थाका चिन्तामणी भट्टराईले बताए । उनले अहिले आएको मलले केही मात्रामा धानबाली र केही तरकारी खेतीमा राख्नका लागि राहत पुग्ने बताए ।
हाल वडागत रुपमा लगत संकलन गरेर गाउँपालिकाको सिफारिसका आधारमा मात्रै सहकारी संस्थालाई मल उपलब्ध हुने गर्दछ । लगत र सिफारिसका आधारमा किसानले मल पाउने गरेका छन् । वितरण गरिने मल सबै किसानका लागि प्रयाप्त नहुँदा सहकारी संस्थाको पदमा रहेर काम गर्न समेत सकस भएको बगनासकाली ५ मा रहेको कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी कोईरालाले बताइन् । पछिल्लो समय हरेक खेतीमा रासायानिक मल राख्ने प्रचनल बढेको हुँदा पनि मलको माग बढेको उनको भनाइ छ ।
अहिले गाउँमा बस्ने सबै किसानले गाईभैसी नपाल्ने हुँदा रासायनिक मलको माग बढेको छ । कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख पन्थीले भने गत वर्ष यही समयमा अहिलेकै मात्रामा आएको मल धानबालीका लागि पर्याप्त रहेको बताइन् । पछिल्ला वर्षहरुमा किसानले गोबर मल र प्रागारिक मल उत्पादन गर्नेतर्फ ध्यान नदिएको र गाईभैसी नपालेका कारण रासायनिक मलको माग र प्रयोग बढेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
सरकारले समयमा मल उपलब्ध नगराउने र आएको मल पनि पर्याप्त नहुँदा भने उत्पादनमा ह्रास आउने किसानको भनाइ छ । पछिल्लो समय हरेक खेतीमा रासायनिक मलको प्रयोग बढेपनि यसतर्पm सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन् । किसानका लागि खेतीमा समय सधै चिन्ताको विषय बनेको रासायनिक मलको विकल्प तयार गर्नुपर्नेमा कृषि विज्ञले जोड दिएका छन् ।
दैनिकजसो रोजगारीका लागि युवाशक्ति विदेसिने क्रमजारी छ । गाउँघरमा खेती गर्न जनशक्ती अभाव छ । बस्तुभाउ पालन छाडेका छन् । जसले गर्दा खेतीका लागि रासायनिक मलको प्रयोग बढेको छ । जानकारहरुको अनुसार पछिल्लो समय जिल्लामा रसायनिक मलको प्रयोग दोब्बरले वृद्धि भएको छ ।