
पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ ।
जसअन्तर्गत गएको साउन महिनामा पाल्पा प्रहरीमा विभिन्न १५ अपराध शिर्षकका तीस मुद्धा दर्ता भएको जनाएको छ ।
साउन महिनामा सवैभन्दा बढी भुण्डीमृत्यु हुनेको मुद्धा दर्ता भएको छ ।
जसको संख्या ११ रहेको छ । यस्तैगरी भवितव्य ज्यानको ३ , अभद्र व्यवहारको २, चोरीको २, सवारी ज्यानको २ रहेका छन् । यस्तै जवरजस्ती करणी, लागुऔषध , फुटकर ज्यान , जवरजस्ती करणी उद्योग , सवारी अंगभंग , जातिय छुवाछुत तथा अपमानजनक व्यवहार , बिषादी सेवन गरी मृत्यु , बाल यौन दुरुपयोग , ज्यान सम्बन्धी , हामफाली(नदी) आत्महत्याको १÷१ मुद्धा दर्ता भएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । उनका अनुसार दर्ता भएका मध्य २७ वटा मुद्धा फस्र्याैट भएको र बाँकी तीन मुद्धा रहेको छ । उनले साउन महिनामा एक जना फरार अपराधी पक्राउ गरेको समेत बताए ।
यस्तैगरी जिल्लाको शान्ति, सुरक्षा तथा प्रहरी कारबाही सम्बन्धमा कार्यालयबाट एक महिनामा सात सय ७५ ले सेवा लिएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी विषयमा घरेलु हिंसाका १५ उजुरी परेको थियो । जसमा १२ मिलापत्र गरी ३ अदालत पठाइएको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार साउन महिनामा १९ जना महिला , ११ जना बालबालिका हराएको उजुरी आएको थियो । जसमा १४ जना महिला र ११ जना बालबालिका फेला परेको उनको भनाइ छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक कार्यक्रम विद्यालयस्तरमा ११ र समुदायस्तरमा ३७ वटा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।