शहिद स्मृति पार्कको उद्घाटन

पाल्पा,रामपुर नगरपालिका ३ बोहोरीडाँडामा निर्माण भएको शहिद स्मृति पार्कको उद्घाटन गरिएको छ ।

सानिअमराई सामुदायिक वन क्षेत्रमा डिभिजन वन कार्यालय पाल्पा र रामपुर सव डिभिजन वन कार्यालयको व्यवस्थापनमा निर्माण भएको पार्कको संघीय सांसद तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गरेका हुन । सांसद रानाले शहिदहरुको सम्झनामा निर्माण गरिएको पार्क पर्यटकीय स्थलको रुपमा विकास हुने विस्वास व्यक्त गरे । उनले शहिदहरुको सम्झना गर्दै पार्कलाई व्यवस्थित बनाउन अन्य संरचना थप गर्नुपर्नेमा जोड दिए ।

पार्क चौध लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको एक लाख ४५ हजार बराबरको जनश्रमदान गरी करिव १५ लाख ८७ हजार रुपैयाँ लागतमा निर्माण भएको शहिद स्मृति पार्क निर्माण समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले बताए ।

डिभिजन वन कार्यालय पाल्पाका डिभिजन वन अधिकृत दिपक ज्ञवालीले सामुदायिक वनको संरक्षणसँगै वनक्षेत्रको सौन्दर्यकरणले पर्यटन विकासमा टेवा दिने बताए । सामुदायिक वनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी राम्रो स्रोतका रुपमा लिन सकिने उनको भनाइ छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , रामपुर नगरपालिका ३ का वडाध्यक्ष दामोदर पाठकलगायतले आफ्नो भनाइ राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय