स्कूल बस चेकजाँचमा ट्राफिक प्रहरीले कडाइ

पाल्पा,स्कूल बस चेकजाँचमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाएको छ ।

पाल्पामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका अधिकांश स्कूल बस मापदण्ड विपरित रहेका छन् ।

उनीहरुले विद्यार्थीको सुविधाका लागि संचालनमा ल्याएका सवारीसाधनमा न्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्लले स्कूल बस मापदण्डमा सञ्चालन गर्न सचेत बनाएको बताएका छन् ।

यातायात सुविधाका नाममा अभिभावक संग चर्को शुल्क लिएर विद्यार्थी जम्मा गर्ने विद्यालयहरुले मापदण्ड कहिले पुरा गर्लान ? यो भने पर्ख र हेरको अवस्थामा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय