
पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पाले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । गएको आर्थिक वर्ष २०७८/८९ मा भएको कामको उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनकबहादु्र शाहीले अपराध अनुसन्धानमा पाल्पाको अवस्था,प्रहरी कार्य तथा शान्ति सुरक्षाका सन्र्दभमा भएको कार्यसम्पादनको विस्तृत प्रतिवेदन बारे पत्रकारहरुलाई जानकारी गराए ।
उनले गएको आर्थिक वर्षमा विभिन्न अपराथ शिर्षक अन्तर्गत २ सय ४४ वटा मुद्धा दर्ता भएको जानकारी दिए । जसमा ७९ वटा मुद्धा फस्र्यौट भएको र एक सय ६५ मुद्धा बाँकी रहेको बताए । प्रमुख शाहीले गत आर्थिक वर्षमा सवैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेको ६२ वटा मुद्धा दर्ता भएको जानकारी दिए ।
यसैगरी मुख्यतया भवितव्य ज्यानको ५३ , जवरजस्ती करणीको २४, फुटकर ज्यान सम्बन्धि २४ ,अभद्र व्यवहारका २१ र सवारी ज्यान सम्बन्धि १९ वटा मुद्धा दर्ता भएको जानकारी गराए । यी दर्ता भएका मुद्धाहरु केहि फस्र्यौट भएको र केही बाँकी रहेका छन् ।
पाल्पामा अघिल्ला आर्थिक वर्षको तुलनामा अपराधका घटनाको ग्राफ घट्दो भएपनि अवस्था चिन्ताजनक रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । उनले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनका लागि समन्वयात्मक रुपमा काम गरिएको बताए ।
सूचना अधिकारी थापाले सिमित जनशक्ति भएपनि प्रभावकारी सुरक्षा योजना निर्माणगरि कार्यान्वयन गर्न सफल भएको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पामा ४ सय ५५ जनाको दरबन्दी भएपनि अहिले ३ सय ६० जना कार्यरत छन् । प्रहरीले गएको वर्ष दुईवटा कर्तव्य ज्यानको सफल अनुसन्धान गरेको छ ।
यस्तैगरी ओखटेपार (चितुवा बाघको छाला सहित मानिस नियन्त्रण र लागुऔषध ओसारपसार गर्ने युवालाई नियन्त्रणमा लिएको घटनालाई उत्कृष्ट कार्यका रुपमा राखेको छ ।
यसैगरी प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणकाको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम,विद्यालय लक्षित कार्यक्रम ,समुदाय लक्षित कार्यक्रम ,वर्ग लक्षित कार्यक्रम ,अभिभावक लक्षित ,पर्चा पम्प्लेट वितरण तथा माईकिङ जस्ता २ सय ६१ वटा कार्यक्रम गरेको प्रहरी कर्यालयले जनाएको छ ।
गएको एक वर्षमा पाल्पामा एक सय ३८ जना महिला,बालक,बालिका र जेष्ठ नागरिक हराएको उजुरी परेको थियो । जसमध्य एक सय २३ जना भेटिएको र १५ जना महिला अझै फेला नपरेको सूचना अधिकारी थापाले जानकारी दिए । यस्तै ९ जना पुरुष हराएकोमा ७ जना भेटिएको र २ जना अझै फेला परेका छैनन् ।
यसका साथै प्रहरी प्रमुख शाहीका अनुसार शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा नागरिक सेवालाई प्रभावकारी गराउने प्रहरीलाई सम्मान तथा गलत गर्नेलाई कारबाही गर्ने गरिएको जानकारी दिए । उनले एक वर्षमा विभिन्न दर्जाका ८ प्रहरी कारबाहीमा परेको र ८५ प्रहरीलाई पुरस्कृत गरिएको बताए ।
प्रहरी कार्यालयले समग्र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षा योजना लागू गरेको छ । स्रोत साधनको अभावका कारण शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध न्यूनीकरणको काम प्रभावकारी बनाउन नसकिएकोले सचेतना कार्यक्रम संचालन गर्न दश स्थानीय तहमा कार्ययोजना पेश गरिएको प्रमुख शाहीले जानकारी दिए । स्थानीय तहको सहयोग भएमा प्रहरीको काम थप प्रभावकारी देखिने उनको विश्वास छ ।