एमाले पाल्पाको प्रशिक्षण भदौ २८ गते हुने

मिलन विश्वकर्मा

नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिवार जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पदाधिकारी तथा नेताहरूकाे विशेष उपस्थितिमा मंगलबार बसेको बैठकले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

तानसेन नगरपालिकाको सभाहलमा हुने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू, प्रदेश सल्लाहकार परिषद्, केन्द्रीय विभाग, प्रदेश विभाग, जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार परिषद र जिल्ला विभाग सदस्यहरू सहभागी हुने छन्। यस्तै पालिका कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारी, वडा कमिटीका अध्यक्षहरू, निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष, सम्पर्क मञ्चका पदाधिकारीहरू सहभागी हुन पाउने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए ।

नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रशिक्षण दिने उनले बताए । एमाले पाल्पाले पालिकास्तरिय प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्ने भएको छ । प्रशिक्षणको आयोजना र व्यवस्थापन पालिका कमिटीले गर्ने छ । जसको तालिका समेत सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकामा २०७९ भदौ १०, रामपुर नगरपालिकामा आगामी भदौ ६ गते, निस्दी गाउँपालिकामा भदौ ७, पूर्वखोलामा भदौ ८, रम्भामा भदौ ९, माथागढीमा भदौ १०, रैनादेवीछहरामा भदौ ४, तिनाउमा भदौ ६, रिव्दीकोटमा भदौ ७, बगनासकाली गाउँपालिकामा भदौ ११ गते प्रशक्षिणक कार्यक्रम हुने छ ।

यस्तै वडास्तरिय प्रशिक्षण तथा भेला यही भदौ १६ गते देखि २५ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार टोल प्रशिक्षण तथा भेला भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । पार्टी केन्द्रको निर्णय बमोजिम यही भदौ १५ गते भित्र पार्टी सदस्यता अनिवार्य नवीकरण गर्नुपर्ने नेकपा एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माले बताए ।

जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारी, एमाले पोलिटव्यूरो सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे, उपलब्ध प्रदेश सदस्यले प्रशिक्षण कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन सवैले सहयाेग गर्नुपर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय