पाल्पा,पछिल्लो तीन वर्षमा पाल्पामा एक सय ६३ दुर्घटना भएका छन् । जसवाट ७० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यी दुर्घटनामा २ सय ९ सवारीसाधनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ५१ सवारी साधन दुर्घटनामा परे । जसमा ६५ सवारी साधनको संलग्नता रहेको थियो । दुर्घटनामा परि २५ जनाको मृत्यु भयो । मृत्यु हुनेमा २२ जना पुरुष, २ जना महिला र १ जना बालक रहेको थिए । दुर्घटनामा परि ५८ जना गम्भीर घाईते भए । जसमा पुरुष ४३,महिला ८ बालक ६,बालिका १ जना रहेका थिए । सामान्य घाइतेको संख्या ३२ रहेको थियो । जसमा पुरुष २६ जना,महिला ४ जना,बालबालिका १/१ जना रहेका थिए । दुर्घटनामा परि ४४ वटा सवारी साधनमा क्षती पुगेको थियो । दुर्घटनामा संलग्न सवारी साधनमा सवैभन्दा बढी मोटरसाईकल २६ वटा,जीप कार,भ्यान १२ वटा, टिप्पर,ट्रक १३ वटा, टेक्टर ४ वटा, मिनी, बस ८ वटा र अन्य २ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।
यस्तै आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा दुर्घटना भएको प्रहरी तथ्याँकमा उल्लेख छ । जसमा ७५ वटा सवारी साधनको संलग्नता रहेको थियो । दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । जसमा पुरुष २१ जना र महिला १ जना थिए । दुर्घटनामा परि ५१ जना गम्भीर घाईते भएका थिए । घाईते हुनेमा पुरुष ४१, महिला ८ बालक २ बालक रहेका थिए । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा बढी मोटरसाईकल २४ वटा,जीप कार,भ्यान २० वटा, टिप्पर,ट्रक २१ वटा,टेक्टर ८ वटा र अन्य २ वटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा जम्मा ५१ वटा सवारी दुर्घटना भएको थियो । जसमा ६९ वटा सवारी साधनको संलग्नता रहको थियो । दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । पुरुष २१ जना र महिला २ जना थिए । दुर्घटनामा परि ४१ जना गम्भीर घाईते भएका थिए । जसमा पुरुष ३५ ,महिला ५ बालिका १ जना रहेका थिए । दुर्घटनामा संलग्न सवारी साधनमा सवैभन्दा बढी मोटरसाईकल २८ वटा,जीप कार,भ्यान १३ वटा, टिप्पर,ट्रक ११ वटा,टेक्टर ११ वटा ,बस मिनिबस ४ र अन्य २ वटा रहेका कार्यालय प्रमुख मल्ले बताए ।
सांघुरो र उकालो ओरालो बाटो चालकको लापरबाही , पुराना सवारीसाधनको कारण दुर्घटना बढेको छ । दुर्घटना न्युनीकरणका लागि चालकलाई सचेतनाका कार्यक्रम संचालन गरिएको छ । दुर्घटना ग्रस्त क्षेत्रको पहिचान गरी सडक साइन बोर्ड राखिएको छ । नियमित चेकजाँचलाई समेत कडाइका साथ लगिएको ट्राफिक प्रहरीको भनाइ छ ।