युनियनमा पाल्पाका पत्रकार अर्याल र रेग्मी बिजयी

पाल्पा,साउन ६ र ७ गते हेटौंडामा भएको नेपाल प्रेस युनियनको ९ औं केन्द्रीय महाधिवेशनबाट पाल्पाली पत्रकार माधवप्रसाद अर्याल उपाध्यक्षमा (लुम्बिनी प्रदेश) निर्वाचित भएका छन् ।

उनी अर्का उपाध्यक्ष पदका आकांक्षी गुल्मीका जनार्दन घिमिरेले भन्दा एक सय १९ मत बढी प्राप्त गरि उपाध्यक्षमा बिजयी भएका हुन् । निर्वाचनमा घिमिरेले पाँच सय ८२ मत प्राप्त गरेका छन् भने अर्यालले ७ सय १ मत ल्याएका छन् ।

सचिव तर्फको खुल्ला पदका लागि सामाजिक संजालमा उम्मेदवारी घोषणा गरि महाधिवेशन स्थल पुगेका पत्रकार अर्याल अन्तिम समयमा उपाध्यक्षमा (लुम्बिनी प्रदेश) मनोनयन दर्ता गराएका थिए ।

लामो समयदेखि युनियनको केन्द्रीय सदस्य पदमा रहेर काम गरेका अर्यालले युनियनको सृदृढीकरणक,मिडियाको उत्थान र पत्रकारहरुको संरक्षण गर्ने एजेण्डा उठाएका थिए । उनले मत खेर नजाने र मतको दुरुपयोग समेत हुन नदिने प्रतिवद्धताका साथ मतदाताहरु संग मत मागेका छन् । दुई दशकदेखि व्यवसायिक पत्रकारितामा संलग्न रहेका अर्याल हाल कान्तिपुर दैनिकको उप सम्पादक सहित विभिन्न मिडियामा काम गर्दै आएका छन् ।

यस्तै युनियनको केन्द्रीय सदस्यमा (लुम्बिनी प्रदेश ) पाल्पाली अर्का पत्रकार सुशीला रेग्मी निर्विरोध निर्वाचित भएकी छन् । उनी सामुदायिक रेडियो रामपुर,राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध रहेर क्रियाशील छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय