लघुवामा बस दुर्घटना ६ को मृत्यु १६ घाइते

पाल्पा,तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा यात्रु बाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नं. ३ लघुवामा तानसेन–रिडी–तम्घास सडक खण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खसेको हो । गुल्मीबाट बुटवलका लागि हिडेको लु १ ख ५९५२ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो ।

दुर्घटनामा भेटिएका १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अन्यको खाेजी कार्य भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्ले जानकारी दिए ।

अहिले स्थानीय र प्रहरीकोटोलीले उद्धार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । विस्तृत बिवरण अाउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय