
पाल्पा,राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले १९ बुद्धे माग पूरा गर्न सरकारलाई दबाव दिन धर्ना कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पा परिसरमा धर्ना दिएको अध्यक्ष डुलबहादुर कुँवरले जानकारी दिए ।
राप्रपाले सरकार संग भ्रष्टाचारको अन्त्य,महगी नियन्त्रणका साथै पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेको छ । यसका साथै किसानलाई मल, बीउ विजन उपलब्ध गराउनुपर्ने लगायतका मागहरु १९बुद्धाँमा समेटिएको छ । यसको कार्यान्वनका लागि पार्टीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको अध्यक्ष कुँवरको भनाई छ ।
धर्ना कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य देवी घिमिरे,जिल्ला अध्यक्ष डुल कुवर,राप्रपा रामपुर नगर समितिका सदस्य राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।