तानसेन नगरपालिकाको निर्णय सार्वजनिक

पाल्पा,तानसेन नगरपालिकाले कार्यपालिका बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक  गर्ने अभ्यास थालेको छ ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बैठकमा भएका निर्णय आम नागरिकलाई जानकारी गराउन निर्णय सार्वजनिक गर्ने अभ्यास गर्न लागिएको बताए । उनले असार २३ गतेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्दे नगरको विकासका लागि जनप्रतिनिधिकाे याेजनामा नागरिक र पत्रकारकाे  सहयोग र सहकार्य आबश्यक रहेकाे बताए ।

प्रवक्ता कार्कीले हाल सम्म ६ वटा बैठक बसेरको बताए । उनले बैठकमा नगरपालिकाको दैनिक रुपमा हुने आर्थिक प्रशासनिक निर्णयका साथै ,सल्लाहकार नियुक्ति,फोहोरमैला व्यवस्थापनको लागि समन्वयका समिति गठन,नगरको पार्किंङ्ग ठेक्का,रिडी खोलाको विभिन्न ८ स्थान र तिनाउ खोलाको बालुवा,ढुंगा गिट्टी उत्खलनका विषयमा वातावरणीय अध्ययन गर्ने जस्ता विषयमा निर्णय गरिएको बताए ।

प्रवक्ता कार्कीले नगरपालिका नगरवासी प्रति जवाफदेही भएर पारदर्शीरुपमा काम गर्न लागेको बताए । उनले विगतका समयमा श्रीनगर पार्क संचालनमा भएका केही गलत अभ्यासलाई समेत अध्ययन अनुसन्धान गरि कानुनी दायरामा आउनका लागि पत्रचार गरेको समेत बताए । निणार्य सार्वजनिक कार्यक्रममा सहभागी पत्रकार तथा संचारकर्मीले नगरपालिका मिडिया मैत्री बनेर काम गर्न सुझाव दिएका थिए ।

सम्बन्धित खवर