कलेजका विद्यार्थीको धान खेती

पाल्पा, उदबुद्ध कलेज पूर्वखोला ३ पाल्पाका विद्यार्थीले धान खेती गरेका छन् । विद्यार्थीको आयआर्जनका लागि धान रोपाई कार्यक्रम गरिएको हो ।

पूर्वखोला ३ तल्ला फाँटमा करिव २० रोपनी क्षेत्रफलमा धान खेती सूरु गरेको कृषि शिक्षक शालिकग्राम पाण्डेले जानकारी दिए । खेतीका लागि पूर्वखोला गाउँपालिकाले आर्थिक सहयोगमा  कलेज स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा धान रोपाई भएको पालिकाका कृषि शाखा प्रमुख सन्तोष कंडेलले बताए ।

रोपाई संगै विद्यार्थीलाई धान खेती ,उत्पादन,खपतमा देशको अवस्थाका विषयमा सहजीकरण समेत गरिएको थियो । कार्यक्रमले धान खेतीमा मात्र सिमित नभएर हिउँदे बालिको समेत सुरुवात हुने कलेजका स्वतन्त्र विद्यार्थी युनियनका सभापती नविन आचार्यले बताए । जसका लागि युवा विद्यार्थी उत्साहित भएर फिल्डकार्यमा लागेको बताए ।

कलेजका प्रमुख हरि प्रसाद न्यौपाने विद्यार्थीहरुको सहभागीतामा भएको रोपाईले सकारात्मक सन्देश दिएको बताए । उनले सैदान्तिक ज्ञान संगै प्रयोगात्मक सीपले विद्यालय र विद्यार्थी दुवै पक्षलाई राम्रो हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर