तानसेनको बजेट एक अर्व ३९ करोड बढी

पाल्पा,तानसेन नगरपालिकाको एघारौं नगरसभाको दोस्रो बैठकले आर्थिक बर्ष २०७९/८० लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट पास गरेको छ ।

नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले विनियोजन विधयक २०७९ प्रस्तुत गर्दे आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गरिएको बताइन् । उनले चालू खर्च ७५ करोड ९३ लाख ७५ हजार ९ सय ४२ अर्थात ५४.५६ प्रतिशत र पूँजिगत खर्चतर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ अर्थात ४५.४४ प्रतिशत बजेट विनियोजन गरिएको बताइन् ।

नगर सभाको दोस्रो बैठकमा शुभकामना मन्तब्य राख्दै नगरसभा सदस्य चेत बहादुर थापाले प्रत्येक वडामा १ करोड बजेट पठाउनु राम्रो काम भएको बताए । त्यस्तै नगरसभा सदस्य सीता बस्नेत,अनिता सोमै,सबिता भट्टराईले आगामी ५ बर्षमा नगरपालिकाले सुशासन, पारदर्शीत तथा विकास क्षेत्रमा राम्रो काम गर्नु पर्ने बताए ।

नगर सभामा आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभएको आर्थिक बिधेयक २०७९ ,उपप्रमुख प्रतिक्षा सिंजालीले प्रस्तुत गरेकाे न्यायीक समितिकाे प्रतिबेदनका साथै महेश्वर श्रेष्ठले प्रस्तुत गरेकाे कर्मचारी सेवा  विधेयक समेत पारित गरेको छ ।

सभाको शून्य समयमा बाेल्दै नगरसभा सदस्य माधब प्रसाद बस्यालले स्थानीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार बजेट आएको बताए । उनले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । नगरपालिकाको एघारौं नगरसभाको पहिलो बैठक गत ५ गते बसेर नीति तथा कार्यक्रम पास गरेको थियो ।

सम्बन्धित खवर