सन्तोष ज्ञवाली
पाल्पा, रिब्दीकोट गाउपालिकाले वडा भित्र रहेका स्वास्थ्य सँस्थाहरुका कर्मचारीहरुका लागि तालिम दिएकाे छ ।
तालिममा हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुईदिने नाक,कान आँखा घाटी र मुख रोग सम्बन्धि तालिमको दिइएकाे हाे ।
तालिमकाे सोमवार एक कार्यक्रमका बिच समापन भएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानिय तहमा स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य सम्बन्धी धेरै ज्ञान तथा शिपको आवश्यकता पर्ने हुनाले विशेषज्ञ सेवाहरु स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीसम्म पुयाउनु चुनैती रहेको बताए । तालिमले रिब्दीकोटका स्वास्थ्य कर्मीहरुकोआँखा,,नाक,कान,घाटी तथा मुख रोग सम्बन्धी क्षमता अभिवृद्धि भई स्वास्थ्यमा सुघार आउने विस्वास व्यत गरे ।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्वास्थ्य कर्मीहरुले स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गर्नुपर्ने भएकाले यस्ता तालिम तथा अभिमुखिकरणले स्वास्थ्य कर्मीको थप क्षमता वृद्वि हुने बताइन् । प्रमुख प्रशासकिय अधिकृत पबन अर्यालले स्वास्थ्य क्षेत्र निकै महत्पुर्ण क्षेत्र भएकाले स्वास्थको महत्व लाई बुझि स्वास्थ्य कर्मीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरे । प्रमुख प्रशासकिय अधिकृत अर्यालले सरसफाईको कमिले गर्दा मानिसलाई धेरै रोगहरु लाग्ने हुनाले सरसफाईमा ध्यान दिन सके मात्र रोग लाग्न कम हुने बताए ।
गाउँपालिका भित्र रहेका सामान्साय समस्याको उपचार गर्ने गरि पालिका भित्रका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई पालिकाले विभिन्न किसिमका तालिमको आयोजना गदैआएको स्वास्थ्य शाखाका प्रमुख सुनिल अधिकारीले बताए । उनले नाक,कान आँखा घाटी र मुख सम्बन्धी स्वास्थ्य सेवालाई समुदाय स्तरका नागरिक समक्ष रोग र त्यसले गर्ने असरको विषयमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सँस्था र पालिकाका नागरिकहरूको घरघरमा पुगी सचेतनाको माध्यमबाट स्वास्थ्य क्षेत्रको सुधारमा कदम अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा २९ जनाको स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी र प्राथमिक स्वास्थ्य केन्द्र खसौलीका प्रमुख डा. सुर्धन न्यौपानेले साथै अ.न.मी. बसन्ता कुंवरले सहजिकरण गरेका थिए ।