
पाल्पा । तानसेन नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम ११ औं नगरसभामा आइतबार पेश गरिएको छ ।
नगरप्रमुख सन्तोषलाल श्रेष्ठको आग्रहमा उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । नगरप्रमुख श्रेष्ठले चालु आर्थिक वर्षका लागि तर्जुमा गरिएका कार्यक्रम तथा योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको र चालु आर्थिक वर्षका लागि पारित नीति तथा कार्यक्रम र बजेट कर्यान्वयनको अहिलेसम्मको समीक्षा गर्दा समष्टिगत योजना र कार्यक्रमहरुको उपलब्धि सन्तोषजनक रहेको बताए ।
नगरपालिकाका नगर गौरव, नगरस्तरीय र वडास्तरीय पूर्वाधारका अधिकांश योजनाहरु सम्पन्न हुने अवस्थामा रहेको बताउँदै बहुवर्षीय पूर्वाधार आयोजनाहरु कार्यान्वयनमा रहेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद तथा वातावरण व्यवस्थापन र सुशासन तथा संस्थागत विकासतर्फका समग्री विषयगत कार्यक्रमहरु कार्यान्वयन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । अथाह सम्पदा र सम्भावनाले समृद्ध हाम्रो नगर, राम्रो नगर भन्ने सम्भावना र परिकल्पनालाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको नगरउपप्रमुख सिंजालीले बताइन् ।
सुव्यवस्थित पूर्वाधार, पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकयि, समावेशी सांस्कृतिक नगरको नारा सहितविकास र समृद्धिको परिकल्पनालाई साकार पार्न नगरपालिकाको बृहत नगर विकास योजनाका आधारमा समेत नीति तथा कार्यक्रम अगाडि सारिएको छ । सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अन्तर्गत स्थानीय राजश्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा छलफल पश्चात् बस्तीस्तर, वडास्तर, विषयगत समिति, बजेट तर्जुमा समिति हुँदे आउने योजनाहरुलाई दीर्घकालिन लक्ष्य, उद्देश्यसँग तादाम्यता मिलाई प्राथमिकताक्रम निर्धारण गरिएको छ । नगरपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकको सहभागितालाई प्राथमिकतामा राखिएको उपप्रमुख सिंजालीले बताइन् ।
अघिल्लो वर्ष १९ करोड घाटा बजेट बनेको र तानतुन गर्दा पनि १५ करोड अहिले पनि घाटा रहेको उनले बताए । तर यसपटकदेखि घाटा बजेट राखी योजना तर्जुमा गर्ने पद्धतीलाई निरुत्साहित गरिएको नगरप्रमुख श्रेष्ठले बताए । साधन र श्रोतको विश्लेषण ग री स्थानीय विकासलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा प्रदान गरिउएको वडास्तरको बजेटलाई दोब्बर भन्दा बढी हुनेगरी विनियोजन गरिएको छ । स्रोतका अनुसार अघिल्ला वर्षमा ४५ देखि ५५ लाख थियो भने आगामी वर्ष ९१ लाखदेखि १ करोड १० लाखसम्म वडालाई बजेट विनियोजन हुनेछ ।
नगरउपप्रमुख सिंजालीले सुशासन तथा संस्थागत विकास, आर्थिक विकास, राजश्व अभिवृद्धि, पर्यटन तथा संस्कृति, कृषि विकास तथा पशु सेवा, सहकारी नियमन र प्रवद्र्धन, युवन रोजगार तथा स्वरोजगारका विषयमा प्रस्तुत गरिन् । यसैगरी सामाजिक विकास अन्तर्गत साामाजिक समावेशीकरण, स्वास्थ्य, शिक्ष तथा खेलकुद, सूचना तथा प्रविधिका क्ष्ँेत्रमा गरिने कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । पूर्वाधार विकास, खानेपानी सरसफाई, वातावरण र विपद् व्यवस्थापन अन्तर्गत खानेपानी तथा सरसफाई, वन, वातावरण तथा विपद् व्यवस्थापनका क्ष्ँेत्रमा गर्न सकिने कार्यको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नीति तथा कार्यक्रममा अपांगता मैत्री हेल्पडेस्कसहितको सूचना केन्द्र स्थापना, सामाजिक परीक्षण, सार्वज्निक सुनुवाई कार्यलाई प्रभावकारी बनाइने उल्लेख छ । सबै वडामा अपांगमैत्री कार्यालय भवन, नक्साशाखाबाट प्रदान गरिने सेवालाई अनलाइन सेवा प्रवाहको व्यवस्था, नगरको सांस्कृतिक पहिचान झल्किने गरी नगरपालिकाको आफ्नै लोगो बनाइने नीति तथा कार्यक्रममा छ । पोखरादेखि सिद्धार्थनगर नगरपालिकाबीचलाई ‘सिद्धार्थ आर्थिक करिडोर’ को रुपमा विकास गर्ने, पाल्पाली ढाकाको मेला आयोजना गर्ने, मखनटोल क्ष्ँेत्रका बजारमा घरहरुको अग्रभाग सजावट गरी ढाकामय बनाउने, पाल्पाली करुवाको विकास र प्रवद्र्धन गरिने छ ।
कृषकका घरमा कृषि प्रविधि र प्राविधिक अभियान, कृषि एम्बुलेन्स, एक वडा एक उत्पादन, खेतीयोग्य जमीनमा घरघडेरी निर्माण कार्य निरुत्साहित गर्ने कार्यक्रम पनि छ । मेयर उद्यम विकास कार्यक्रम, एक सहकारी एक रोजगार तयारी, औद्योगिक ग्राम निर्माण, ग वर्गको अपांगता कार्ड प्राप्त गर्नेलाई ५ सय भत्रा उपलब्ध गराउने उल्लेख छ । उपमेयरसंग सुत्केरी पोषण कार्यक्रम, बीग स्कुल अवधारणा, तानसेन र बन्दी पोखरामा जीपलाइन सम्भाव्यता अध्ययन, माण्डव्य सरोवर आयोजना, सफा टोल सफा शहर, ग्रीन तानसेन, क्लिन तानसेन अवधारणा पनि अघि सारेको छ ।
नीति तथा कार्यक्रमपछिको छलफलमा सहभागी हु“दै नगरसभा सदस्य विमला बौडेलले सिंचाइ, पशुको नश्ल सुधार, सार्वजनिक शौचालयका विषयमा गम्भीर हुन आग्रह गरिन् । नगरसभा सदस्य माधव बस्यालले ग्रामीण क्ष्ँेत्रमा वर्षायाममा पनि सडक सुचारु गर्न र एम्बुलेन्स गाउ“मा पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । नगरसभा सदस्य डिलबहादुर थापाले किसान परिचयपत्र बितरण गर्नुपर्ने, विद्यालय खाजा कार्यक्रम १५ रुपैया“मा केही रकम नगरपालिकाले थप गर्नुपर्ने, कृषि मल, बीउ विजन किसानलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए । कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा चलेको हो ।