खस्यौलीमा एक्सरे सेवा सुरु

पाल्पा,सात वर्षदेखि बन्द रहेको एक्सरे सेवा रिब्दीकोट गाउँपालिकाको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको छ ।

कर्मचारीलाई तलब व्यवस्था गर्नका लागि स्रोत अभावका कारण बन्द रहेको एक्सरे सेवा पालिका, स्वास्थ्य शाखाको समन्वयमा सुरु भएको हो । कर्मचारीलाई थप एक्सरे सम्बन्धि तालिम प्रदान गरि सेवा सुरु गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।

सेवा सुरु भएसँगै नागरिकहरूलाई सहजता भएको छ । एक्सरे सेवाबाट रिब्दीकोट गाउँपालिका स्थानीय नागरिकहरू लगाएत छिमेकी जिल्ला अर्घाखाँची, गुल्मीका नागरिकलाई सेवा लिन समेत फाइदा पुग्ने शाखा प्रमुख अधिकारीले बताए ।

यसअघि नागरिकहरूले एक्सरे सेवा लिन जिल्ला सदरमुकाम तानसेन धाउनु पर्ने बाध्यता थियो । गाउँबाटै सेवा लिन पाउनुका साथै समय र पैसाको समेत बचत भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय