बीमा रकम हस्तान्तरण

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल पाल्पाले डढेलो निभाउने क्रममा मृत्यू भएका मान बहादुर सिंजालीको परिवारलाई बीमा रकम प्रदान गरेको छ ।
महासंघले गतवर्ष वनमा लागेको आगो निभाउने क्रममा मृत्यू भएका सिंजालीका छोरा जंग बहादुरलाई एक लाख रुपैंया बिमा रकम हस्तान्तरण गरेको हो । माथागढी गाउँपालिकामा भएको सामुदायिक वन विषयक अन्तरसंवाद कार्यक्रमका अवसरमा बीमा रकम दिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष निरञ्जन भुषालले सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीलाई स्थानिय वन ऐन, वन डढेलो नियन्त्रण सचेतना लगाएतका विषयमा सहजिकरण गरिएको बताए । वन जोगाउन अग्निरेखा बनाउने, वनमा पोखरी बनाउने, वर्षाको पानी संकलन गर्ने, सचेतनामुलक सन्देश प्रशारण र प्रकाशनलगाएतका काम गर्नुपर्ने उनले बताए । ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले विकासनिर्माणका काममा तल्लिन रहिरहँदा सामुदायिक वनको बिषयमा अल्लि कम ध्यान पुगेको बताइन । महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले संविधानमा वन सम्बन्धी ऐन निर्माण गर्न स्थानिय तहलाई जिम्मेवारी भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले कानून बनाउने
िवषयमा स्थानीय आवश्यकता हेरेर कार्यान्वयन गर्न सक्ने बन्नुपर्ने बताए । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, वडा ८ का अध्यक्ष डिल बहादुर ढेंगा, २ का अध्यक्ष जनक रिजेलले कानुनी बिषयहरु उपभोक्ताहरुलाई थाहा नहुने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ माथागढी ईन्चार्ज कल्पना भण्डारी, नीजि वन महासंघका जिल्ला अध्यक्ष तुल्सीराम भुषाल, सब–डिभिजन वन कार्यालय माथागढीकी लता न्यौपाने, माथागढी वन महासंघकी सचिव रेनुका सारु, कांग्रेस प्रतिनिधी सावित्रा ज्ञवाली पन्थीले सबै स्थानीय तहले वन ऐन बनाउनुपर्ने बताए । माथागढी गाउँपालिकामा ९३ वटा सामुदायिक वन रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय