रेडक्रसको ४४ औं वार्षिक साधारणसभा

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको ४४ औं वार्षिक साधारण सभा सकिएको छ । ४४ औं वार्षिक साधारणसभा १८ वटा उपशाखा, जिल्ला शाखा र रेडक्रसकर्मीको उपस्थितिमा सम्पन्न गरेको हो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले तानसेन नगरपालिका र रेडक्रस बिच सुमधुर सम्वन्ध रहेको बताए । उनले कोभीड १९, प्राथमिक उपचार तालिम, प्रकोप व्यवस्थापन देखि एम्बुलेन्स संचालनमा समेत सहकार्य भैरहेको बताए । रेडक्रस र तानसेन नगरपालिकाको सहकार्यमा नयाँ एम्बुलेन्स समेत संचालन गर्ने प्रक्रियामा रहेको उनले बताए ।

कार्यत्रलममा उपशाखाको तर्फबाट रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई, पूर्व कार्यसमिति सदस्य चित्रवलीराम सुवाल, सल्लाहकार मेघराज शर्मा, सल्लाहकार मीन बहादुर केसीले आ–आफ्नो भनाई राखे । कार्यक्रममा आर्थिक वर्ष २०७८।७९ र आर्थिक वर्ष २०७९।८० को अनुमानित आयव्यय प्रस्तुत गर्दै आर्थिक वर्ष २०७७।७८ को लेखा परीक्षण प्रतिवेदन शाखाका कोषाध्यक्ष भिमसेन कार्कीले प्रस्तुत गरे ।
आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रम शाखाका मन्त्री केशवराज पौडेलले प्रस्तुत गरेका थिए । साधारण सभाको बन्द सत्रले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र मन्त्रीको प्रगति प्रतिवेदन पास गरेको थियो । कार्यक्रम शाखाका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, उपसभापति शोभा शाक्यको स्वागत र कोषाध्यक्ष भीमसेन कार्कीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर