
पाल्पा । रोटरी क्लब अफ पाल्पा लुम्बिनीले रोटरी वर्ष २०२१/२२ को चौथो पदस्थापन सम्पन्न भएको छ । स्वास्थ्य मापदण्ड अपनाई गरिएको कार्यक्रममा कार्ययोजना अनुसार कार्य सम्पादन गरिको रोटरी वर्ष २०२१/२२ का प्रेसिडेन्ट तारा रायमाझी पोखरेलले बताइन ।
विश्वभरि महामारीकोरुपमा फैलिएको कोरोना कहर लाई ध्यानमा राखि स्वास्थ्य मापदण्ड अपनाई आफु पनि बाँचौ, अरुलाई पनि बचाऔ भन्ने नारा लाई आत्मसात गरि भर्चुवल तथा भौतिक उपस्थितिमा कार्यक्रमलाई अगाडी बढाइएको हो । पाल्पा उद्याेग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले क्लबले छोटो समयमा सामाजिक क्षेत्रमा गरेको कामकाे प्रशंसा गर्दै अागामी दिनमा पनि क्लब क्रियाशिल भएर काम गर्न सुझाव दिए ।
त्रिभुवन बहुमखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराइले क्लबले गरेका क्रियाकलवले सामाजमा परिवर्तन ल्याएको बताए । क्लबले सारेका योजनाहरुलाई समयमानै सम्पन्न गराउनका लागि डिष्ट्रिकबाट आवश्यक सहयोग उपलव्ध गराउने डिजी सन्तोष प्रसाद रिजाल र एजी राजकुमार गुप्ताले बताए ।
क्लबका चार्टर प्रेसिडेन्ट गोपाल बहादुर पोखरेलले सानो सहयोगबाट पनि एकजुट भए ठुलो कार्य गर्न सकिने बताए । विभिन्न क्षेत्रमा रहेका समसामयिक चुनौति तथा अवसरलाई आ-आफ्नो ठाउँबाट सहयोगी मनलाई हातेमालो गर्नसके क्लबले अघि सारेका कार्ययोजनालाई पूरा गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा रोटरी वर्ष २०-२१ का अध्यक्ष निर्दोष खनालले आफनो कार्यकालमा सिर्जनशिल कार्य गर्न सहयोग गर्ने सम्पुर्ण क्लबका पदाधिकारीहरुलाई धन्यवादसहित मायाको चिनो दिए ।
कार्यक्रममा रोटरी क्लब अफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट डा.सुम्निमा आचार्य, कार्यक्रम संयोजक खड्ग बहादुर जिरेल, सचिव रमेश न्यौपाने, सदस्य भक्तिराम न्यौपानेले क्लबले समाजिक हितमा विषयमा गरेको कामका बारेमा जानकारी गराए ।