पाल्पा । रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुपालनमा जोड दिएको छ । उसले हेफर नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडामार्फत् गर्ने कामका लागि २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । यो कार्यक्रम अन्तर्गत रिब्दीकोट कृषि तथा पशु उद्यमशीलता परियोजनाका लागिसम्झौता गरेको छ ।
गुणस्तरीय दुधm दुधजन्य परिकार तथा अर्गानिक तरकारी खेतीमा प्राथमिकता दिएर काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषिमा भएको क्षति सम्बोधनका लागि २ लाख, कृषि ऋणमा व्याज अनुदान २५ लाख, कृषि तथा पशु कार्यक्रमका लागि १० लाख, बाँझो जमिनमा खेती अन्तर्गत ३ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए । उत्पादनमा आधारित अनुदानका लागि थप ३० लाख पनि बजेट रहेको छ ।
सहकारीसँगको सहकार्यका लागि २० लाख बजेट रहेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार अन्तर्गत पनि केही बजेट खर्च हुने गाउँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत प्रेमचन्द्र अर्यालले बताए । रिब्दीकोट गाउँपालिकामा हुन त अघिल्लो आर्थिक वर्षमा पनि एक घर एक करेसाबारी कायृक्रमका लागि ४ हजार ६ सय ४७ घरधुरीलाई ८ प्रकारकार तरकारीका बीउँ निःशुल्क बितरण गरेको थियो । यसैगरी १ हजार ६ सय घरधुरीलाइृ ५० प्रतिशत अनुदानमा २८ टन निलो आलु बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।
यस्ता छन् मुख्य मुख्य आयव्यय
रिब्दीकोट गाउँपालिकाको बजेट ४८ करोड ३९ लाख ९४ हजार रहेको छ । संघीय सरकार, प्रदेश सरकार र राजश्व बाँडफाँडबाट यो बजेट प्राप्त हुने हो । आन्तरिक आम्दानी र राजश्व बाँडफाँड घर जग्गा रजिष्ट्ेशन गरी ५१ लाख ७३ हजार रहेको छ ।
जलविद्युत् रोयल्टी तथा खानी रोयल्टीबाट ८२ लाख रहेको छ भने हेफर प्रोजेक्ट नेपालबाट सहयोग १५ लाख आम्दानी हुने अनुमान गाउँपालिकको छ । संघीय वित्तीय समानिकरणबाट ९ करोड १० लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट ६ करोड ६८ लाख ३८ हजार, संघीय सरकार विशेष अनुदान ५८ लाख, समपुरक अनुदान ४२ लाख, सशर्त अनुदान २३ करोड २३ लाख, प्रदेश तथा क्षमता विकास ४ लाख, प्रदेश सरकार वित्तीय समानिकरण ४२ लाख ३५ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ६५ लाख ५९ हजार, सहभागीता समपुरक अनुदान १ करोड ४९ लाख, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम ६० लाख, सशर्त ८५ लाख रहेको छ ।
रिबदीकोट गाउँपालिकाले आफ्नो वडा आफै बनाउँ अभियानमा ५ करोड ३१ लाख विनियोजन गरेको छ । विपद व्यवस्थापन कोषमा ४० लाख, प्रकोप जोखिम र कोभिडका लागि थप २७ लाख विनियोजन गरेको छ । कृषिको यान्त्रिकरणका लागि १० लाख, उत्पादनमा आधारित अनुदानका लागि ३० लाख, जलेश्वर शिवमूर्तिका लागि १ करोड, भैरवस्थापन भारकोट सडकका लागि १ करोड विनियोजन गरेको छ । हेफर संगको साझेदारिताका लागि २ करोड ६० लाख, विद्यालयका गतिविधिका लािग ६८ लाख, प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री ग्रामीण विकासका लागि १ करोड ५६ लाख विनियोजन गरेको छ । गाउँपालिकाको चालु र प्रशासनिक खर्चका लागि ५ करोड ५९ लाख रहेको छ । अधुरायोजना सम्बोधनका लागि ५० लाख, डिपिआर निर्माणका लागि १० लाख रहेको छ । जलेश्वर पर्यटन पूर्वाधारका लागि १५ लाख रहेको छ ।
एक स्थानीय तह एक उत्पादन कार्यक्रम अन्तर्गत ५८ वटा कृषक, कृषक समूह र सहकारीलाई ४० टन अदुवाको बीउ बितरण गरेको थियो । कृषि ऋणमा व्याज अनुदान ाकर्यक्रम अन्तर्गत २३ जनालाई कृषि विकास बैंकमार्फत् ८० लाख कृषि ऋण प्रवाह भएको छ । आगामीदिनमा अन्य बैंकसंग पनि सम्झौता गरेर कृषि ऋण प्रवाहमा थप बिस्तार गर्ने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् । गाउँपालिकाले मागमा आधारित ५० र ७५ प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत कृषकलाई १७ थान प्लाष्टिक पोखरी, ६८ थान टनेल, १५ थान स्प्रे टंकी उपलब्ध गराइएको छ । गाउँपालिकाका अनुसार १ सय ५५ जना किसानलाई १० ग्रामको २ सय ५५ प्याकेट कुरिलोको बीउ ५० प्रतिशत अनुदानमा बितरण भएको छ ।
सात सहकारीमार्फत ३ सय २ घरधुरीलाइ ७५ प्रतिशत अनुदानमा निलो तुथो र कृषि चुन बितरण गरिएको छ । ४ सय ५७ माटो नमूना संकलन गरी प्राप्त नतिजा अनुसार विज्ञबाट जानकारी दिइएको छ भने ९ वटा सहकारीलाई ८ सय थान क्यारेट दिइएको गाउँपालिकाले जनाएको छ । पालुङमैनादीको डबकामा आत्मनिर्भर सहकारी संस्थामार्फत् तरकारी पकेट संचालन गरेर २ सय रोपनी जग्गामा तरकारी खेती गरिएको छ । ३१ घरपरिवार समेटेर तरकारीका बीउबिजन, कृषि सामाग्री, सिँचाई व्यवस्थापन, डिजिटल काँटा लगायतका सामग्री उपलब्ध गराइएको छ । कुसुमखोलामा ५ हजार सिताके च्याउको मुढा खरिद गरिएको छ भने मैनादीमा ७३ घरपरिवारलाई ६ सय रोपनीमा तरकारी खेती गरिएको छ ।
४० वटा ७ हर्ष पावरको ट्याक्टर, नौ वटा चापकटर, तीन वटा दाना बनाउने मेशिन, १२ वटा कम्बाइन्ड मिल बितरण गरिएको छ । रिब्दीकोट गाउँपालिकामा ३८ वटा पशु फर्म दर्ता भएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत् १ लाख ९० हजार ७ सय लिटर दुधका लागि २ रुपैयाँका दरले अनुदान दिइएको छ । १५ वटा पशुपन्छी फर्म र ४१ जना किसानलाई १ हजार ३ सय ६४ केजी हिउँदे घाँस बितरण गरिएको छ ।
लैना भैसी, खोरसुधार, बंगुर पाठा बितरण लगायतका काममा पनि सहयो गर्दै आएको गाउँपालिकाले जनाएको छ । ३ को खस्यौलीमामा १४ वटा लैना भैँसीको लागी पोषण वापत प्रति लैना भैँसी १० हजार, ६ वटा बाख्रा खोर सुधार गर्न प्रति खोर ५ हजार, ६ वटा बंगुर पाठा खरिद गर्न प्रति पाठा २ हजार, १२ वटा पाडी खरिद गर्न प्रति पाडी ४ हजार, २३ वटा पाडा खरिद गर्न प्रति पाडा ४ हजार र २८ वटा बाख्राका पाठी खरिद गर्न प्रति पाठी २ हजार अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
कुसुमखोलामा ९ वटा भैँसी खरिद गर्न प्रति भैँसी ३२ हजार र १९ वटा पाडी खरिद गर्न प्रति पाडी ८ हजार अनुदान उपलब्ध गराइएको छ । १० घरपरिवारलाई प्रति घर ५ हाजर बराबरको लोकल कुखुरा वितरण गरिएको छ । ठिमुरेमा ६ वटा बाख्रा खोर निर्माण गर्न प्रति खोर ८ हजार अनुदान उपलब्ध गराइएको छ । पालुङमैनादीमा ३८ वटा भैँसी खरिद गर्न प्रति भैँसी ३५ हजार, उन्नत जातको राँगो खरिद गर्न ६ हजार, १८ वटा पाडी खरिद गर्न प्रति पाडी १६ हजार र डेरी सञ्चालनको लागी सामाग्री खरिद गर्न २५ हजार ५ सय अनुदान उपलब्ध गराइएको छ ।
फेकमा २४ वटा बंगुरका पाठा खरिद गर्न प्रति पाठा ५ हजार ५ सय र १५ वटा पाडी खरिद गर्न प्रति पाडी १० हजार अनुदान उपलब्ध गराइएको छ । युवा लक्षित फर्म सुधार कार्यक्रम अन्तर्गत ४ वटा गाइभैँसी फर्म सुधार गर्न प्रति फर्म २५ हजार, ८ वटा बाख्रा फर्म सुधार गर्न प्रति फर्म २० हजार र बंगुर फर्म सुधार गर्न २० हजार अनुदान उपलब्ध गराइएको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत ६ वटा व्यवसायीक फर्मको लागि उन्नत जातको बोका खरिद गर्न प्रति बोका २५ हजार, ४ वटा राँगो खरिद गर्न प्रति राँगो २५ हजार, सहकारीलाई ५ वटा एनालाइजर खरिद गर्न प्रति एनालाइजनर ६० हजार र ३ वटा चापकटर खरिद गर्न प्रति चापकटर २१ हजार २ सय अनुदान उपलब्ध गराइएको छ ।