पाल्पाली संगमको अमेरिकामा समिति गठन

पाल्पा । पाल्पाली संगमको अमेरिकामा महेश भट्टराईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो। अमेरिकामा रहेका पाल्पालीहरुको पटक पटकको भर्चुअल बैठक र छलफलपछि समिति गठन भएको हाे ।

कमिटिको बरिष्ठ उपाध्यक्षमा धर्म आचार्य(फ्लोरिडा), उपाध्यक्षमा डाक्टर सन्दिप पाण्डे (टेक्सास), महासचिवमा परशु नेपाल (भर्जिनिया), सचिव सागर घिमिरे (मेरिल्याण्ड) र कोषाध्यक्षमा जितेन्द्र राणा (इलोनोइ) छन्। कमिटिका सदस्यहरुमा अमृत भट्टराई(मिचिगन), लक्ष्मण नेपाल(क्यालिफोर्निया), रश्मि भट्टराई(भर्जिनिया), मिना जिसी (मेरिल्याण्ड), मधु नेपाल (फ्लोरिडा), मंजु कार्की (फ्लोरिडा), डिल्ली भुसाल (क्यालिफोर्निया) रहेका छन्।

समितिकाे बरिष्ठ उपाध्यक्षमा धर्म अाचार्य, उपाध्यक्ष डा. सन्दीप पाण्डेय, महासचिव परशु नेपाल, सचिव सागर घिमिरे, काेषाध्यक्ष जीतेन्द्र राणा रहेका छन् । यसैगरी सदस्यहरूमा मीना जीसी, रश्मी भट्टराइ, लक्ष्मण नेपाल, अमृत भट्टराइ, मधु नेपाल, मञ्जु कार्की, डिल्ली भुषाल रहेका छन् ।

बैठकले डा. रुद्र अर्याल र जगदीश काफ्लेलाई सल्लाहकार राखेकाे छ । कोभिडको महामारीसंगै अमेरिकामा रहेका पाल्पालीहरू थप जोडिने काम भएको छ। काम गर्न सहजताको लागि पाल्पामा हरेक पालिकाबाट प्रतिनिधित्व हुने गरि एक टिम बनाउने योजना समेत रहेको महासचिव परशु नेपालको अनुभव छ।

“अमेरिकामा रहेका पाल्पालीहरूलाई एकजुट गराउदै आपसमा परिचय र सहयोग गर्दै सम्भव भएसम्म पाल्पामा दीर्घकालिन केहि ठोस कदम चाल्ने योजना राखेको छ।” सचिव सागर घिमिरेले भने ।  पाल्पाबाट अमेरिका गएका सबै रपिबार र साथीहरू जोडिने उनले बताए । अमेरिकामा बस्ने सबै परिबारका सदस्यहरूलाई सदस्यता दिएर यो अभियानमा जोडिन अनुरोध गरेकाे बरिष्ठ उपाध्यक्ष धर्म आचार्यले बताए ।

संगमका अन्तराष्ट्रिय संयोजक सतीश चापागाईले अमेरिकामा संगमको समिति गठन भएको बताउँदै  अरु देशमा पनि यो प्रक्रिया र छलफल चलाउनु पर्ने  बताए।  “अब अरु देशका कमिटिहरु पनि क्रमश: सार्बजनिक हुनेछन।” चापागाईंले भने। “अमेरिकामा पाल्पाली संगमको समिति औपचारिक गठन भएकोमा म अति नै खुशी छु। मेरो शुभकामना छ।” पाल्पाली संगमका केन्द्रीय अध्यक्ष पदम न्यौपानेले  भने ।

संसारभरका पाल्पालीलाई यसैगरी एक गरेर पाल्पाको एकीकृत र दिगो बिकासमा सबै पाल्पालीको सहयोग रहने विश्वास पनि अध्यक्ष न्यौपानेको रहेको छ। पाल्पाली संगम अमेरिकाले हालसम्म बिभिन्न कामहरु पनि सम्पन्न गरेको छ। जसमा कोभिडको बेला पाल्पामा १६ लाख रुपैया बराबरको मेडिकल सामग्री पठाएको छ। अमेरिकाका सबै पाल्पालीहरुलाई सदस्य बनाएर एकता गर्ने उद्देश्य संगमको रहेको संगम अमेरिकाका उपाध्यक्ष सन्दिप पाण्डेले बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय