गोविन्द भट्टराई
कोरोना विकास निर्माणको वाधक बनेको छ, सभ्यता घातक बनेको छ । परिवार र समाजमा पीडाको कारण बनेको छ । हुन पनि चीनको वुहान सिटिबाट संक्रमण यात्रा आरम्भ गरेको कोरोना (COVID-19) भाइरसले संसारभर २१० देशभन्दा बढीका नागरिकको सातो खाएको छ । पहिलो लहर नसकिँदै थपिएको कोरोनाको दोस्रो लहर अनि सुरु हुँदै गरेको तेस्रो लहरले मानव सभ्यतामा कति क्षती पुग्ला अनुमान दुसाध्य छ । गरिबी र भोकमरीसँग सधै लडिरहने दक्षिण अफ्रिका, दक्षिण एसियाका देशहरु भन्दा अमेरिका, युरोपका देशहरु कोरोनासँग हायलकायल भएको पछिल्लो अवस्था छ । यो समय यो वाद र उ बाद अर्थात कांग्रेस अनि कम्युनिष्ट भनेर किक्ताकाट गर्नु नपरोस तथापि मानव अधिकार र स्वतन्त्रताको वकालत गनेर्हरु भन्दा नियन्त्रित राज्यव्यवस्था भएका मुलुकमा कोरोना संक्रमणको प्रभाव नियन्त्रणको अवस्थामा देखिएको चर्चा परिचर्चा समेत गाउँशहरमा सुनिएकै छ । हरेक शुभअवसरमा शुभकामना दिंदा कोरोनाबाट बचौं र बचाऔं भन्नु परेको छ । स्वदेश वा विदेशमा भएका सन्ततीलाई अभिभावकले पहिले बाँच अरु कुरा पछि गरौंला भनेर आशिष दिइरहेको अवस्था छ । त्यसो त कतिपय विद्धानहरु अझै पनि अधिनायकवाद सामू नरम भयो कोरोना भनेर कनकन गर्न छाडेका छैनन् । ती सबै छाडौं बरु किन कोरोनाले मानव अधिकार र स्वतन्त्रताका कुरा सुनेन ? तथ्यतीर लागौं ।
चीनले आवागमन नियन्त्रण ग¥यो, नागरिकलाई लकडाउनमा बस्न बाध्य गरायो यसर्थ डिसेम्बर ३१, १९१९ मा पहिलोपटक बुहानमा देखिएको संक्रमण यतिबेला चीनको नियन्त्रणमा छ । भनिन्छ, कोरोनाबाट निधन हुनेको संख्या चीनमा ५ हजार नाघेको छैन । दक्षिण कोरियामा संक्रमणले भयावह रुप लिन पाएन । इटाली, स्पेन, अमेरिका लगायतका मानवअधिकार र स्वतन्त्रताको वकालत गनेर् मुलुकहरुले शुरुमा लकडाउन आवश्यक नठानेकाले स्थिति भयावह बन्न पुगेको समेत नागरिकस्तरमा चर्चा हुने गरेको सुन्न पाइन्छ ।
विकसित देशहरुले अविकसित र विकासोन्मुख देशहरुलाई प्रायः हेयको नजरले हेनेर् गरेको इतिहास बोल्दछ तथापि विकसित देशहरुले समेत यसपटक विकासोन्मुख र गरिव देशहरुबाट कोरोना संकमण रोकथाम र नियन्त्रणको अभियान अवलम्वन गर्न बाध्य भएको देखियो ।
लकडाउन शुरु देखि नै पालना गरेको भए, चाइना भाइरस वा वुहान भाइरसको विवादमा नअल्झेको भए अनि विश्व स्वास्थ्य संगठनको सुझाव मनन गरेको भए मात्र पनि सायद यतिबेला दिवंगत भइसकेका कतिलाई जीवित छँदै उद्धार सम्भव थियो ! (?) । यो कुरा अब कल्पना मात्र भयो तर पनि पछिल्ला चरणमा अधिकांश मुलुक कोरोना भाइरस संक्रमणका लागि लकडाउनको पालनामा प्रतिवद्ध भएर लागेका छन् । लाग्नुको विकल्प छैन अर्थात अथक मेहनतका वावजूद कोरोना विरुद्ध खोप वा भ्याक्सिन आविष्कार भएपनि गरिव देशमा पर्याप्त मात्रामा उपलव्ध भईसकेको छैन ।
विगतमा १८२०, १९२० माविश्वव्यापी रुपमा स्वास्थ्य शंकट आएपछि मानवले शंकटबाट पार पाएको झै कोरोना भाइरस विरुद्ध पनि जीत पक्का छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यो वा त्यो वाद नभनी सम्पूर्ण मानव एकजुट हुनु वर्तमानको आवश्यक्ता हो । मान्छे बाँच्यो भने न मानव अधिकार र स्वतन्त्रताको अर्थ हुन्छ अन्यथा शरीर घाटमा पु¥याउन बल पुग्ने आवागमन स्वतन्त्रता र अधिकारको के अर्थ रह्यो र ? कोरोनाबाट मानिसले सिक्न सकिन्छ जसरी कालो गोरो धनी गरीव अग्लो होंचो नभनी कोरोना संक्रमण भएको छ , ज्यान हजारौंको ज्यान लिएको छ त्यसका विरुद्ध ख्वै त हामी मानिसहरुमा ऐक्यवद्धता ? हामी विकसित देशका नागरिकले समेत अझै त्यो देशमा आएको छ हामीकहाँ आउँदैन भनेर खेलाँची गर्नाले नै कोरोनाले भयावह रुप लिएको होइन त ? समय छ विश्वभरका मानव एक होऔं, आफूँ बचौं अनि अरुलाई बचाऔं ! निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा छँदै भन्नु भएको थियो – यतिबेला नागरिकहरुको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हो सरकारको । सवोर्च्चको परमादेशले प्रधानमन्त्री बन्न पुग्नुभएका शेरबहादुर देउवाले समेत सबै नागरिकलाई खोप लगाउने वचन दिनु भएको छ । आशा गरौँ सबै नेपालीले कोरोना विरुद्धको खोप लगाउने छौँ र बाँच्ने छौँ । बाँच्यौ भने स्वन्तत्रता र अधिकारका बारेमा जमेर वहस गरौंला । अहिले सबैले स्वास्थ्य मापदण्ड पालना गरौँ ।
लेखक (स्वतन्त्र पत्रकार)
apalpali@gmail.com