
पाल्पा । जिल्ला प्रशासन कार्यालयले जारी लकडाउनलाई केही खुकुलो बनाउँदै साउन १० गतेसम्मका लागि थप गरेकाे छ ।जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बैशाख १६ गतेदेखि बन्द भएका सार्वजनिक सवारी साधनलाइ भने जाेर विजाेर अाधारमा जिल्ला भित्र संचालन गर्न दिने भएकाे छ । अधिकांश साना सार्वजनिक सवारी साधन भने महङगाे भाडा असुलेर चल्दै अाएका थिए ।
सैगरी सबै खालका व्यापार व्यवसाय भने बेलुकी ५ बजेसम्म खुल्ने छ । यसअघि पसल व्यवसायहरु ७ बजेदेखि ३ बजेसम्म खुल्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेयका अनुसार अन्य कुरा यथावत राखिएकाे छ । अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ ।
आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने समेत उनले बताए । तर जिल्लामा गाेष्ठी, सरकारी भेला, बैठक, १० जना भन्दा बढी भेला हुने कार्यक्रम भने कुनै पनि राेकिएका छैनन् । काेराेना संक्रमण पनि जाँच नै नगरेकाले धेरै बढेकाे छैन । सेलुन पसल, व्यूटी पार्लर लगायत भीडभाड हुने स्थल पनि खुल्ला जस्तै छन् ।