वडाध्यक्ष न्याे बहादुर सुनारीकाे निधन

पाल्पा । निस्दी गाउँपालिका – ४, मित्यालका वडाध्यक्ष न्याे बहादुर सुनारीकाे मंगलबार निधन भएकाे छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।

स्वास्थ्यमा समस्या देखिएपछि साेमबार उपचारका लागि अस्पताल ल्याइएकाे थियाे । शरीररमा कमजाेरी महशुस हुने समस्या पहिलेदेखी रहेकाे र जटिलता उत्पन्न भएपछि उपचारका लागि ल्याइएकाे परिवारले जनाए । अस्पतालमा गरिएकाे काेभिड १९ परीक्षण नतिजा नेगेटिभ अाएकाे थियाे । इलाका सदस्य, जिल्ला कमिटि हुँदै पछिल्लाे पटक जिल्ला सल्लाहकार परिषद सदस्य रहेका सुनारी शिक्षण पेशाबाट निवृत्त भएर राजनीतिमा सक्रिय रहेकाे एमाले जिल्ला अध्यक्ष नारायण अाचार्यले जानकारी दिए ।

सम्बन्धित खवर