सोमादीमा अचार उद्योग संचालन

पाल्पा । सीप र जाँगर भयो भने सानो लगानीले स्वदेशमै केही गर्न सकिन्छ, भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका रैनादेवी छहरा गाउँपालिका–२, सोमादी दिगका हिम केसीले पहिलो पटक गाउँमै उद्योग सन्चालनमा ल्याएका हुन् ।

गाउँपालिकामा सञ्चालन भएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत अनुदानबाट बजेट र आफनो नीजि लगानी गरी २ लाख बढीको लगानीबाट अचार उद्योग सञ्चालनमा ल्याएको हो । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिएको छ । यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको छ ।

रैनादेवी छहराको अमलाबासमा बिक्री सुरु गरेको छ । पसलको मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका सदस्य राम बहादुर राउतले उद्घाटन गरे । राउतले उद्योगी आफै मात्र भएर नहुने बताउँदै अरुलाई पनि सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने भएकाले सीप सिकेर आयमूलक व्यवसायमा लाग्नुपर्ने सुझाव उनले दिए ।

सञ्चालक केसीले हातले अचार उत्पादन गरिरहेका छन् । नयाँ प्रविधि आइसकेकाले मेसिनबाट अचार बनाउन सुरु गर्ने हो भने थोरै अवधिमा धेरै उत्पादन गर्न सकिने उहाँ बताउनुहुन्छ । कोभिड महामारीका बेला बेरोजगार बसेका युवालाई आत्मनिर्भर बनाउन अचार उद्योग प्रभावकारी बन्ने देखिएको स्थानीयले बताए । समृद्धीको लागी अचार उद्योगमा किनमेल गर्नेको समेत भिड लागेको छ ।

सम्बन्धित खवर