सामुदायिक वन महासंघको बजार तथा विकास तालिम

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत दोस्रो चरणमा बजार तथा विकास सम्बन्धी तालिम रामपुरमा सकिएको छ ।

कोरोना महामारीका कारण समयमै हुन नसकेको तालिम लकडाउन केही खुकुलो भएसंगै स्वास्थ्य मापदण्ड पालना गरी तालिम चलाएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरभित्रका सामुदायिक वनहरुको संरक्षण र प्रवद्र्धधन गरी उपभोक्ताहरुको जीवन स्तरमा सुधार ल्याउन वन ऐन पारित गरेको बताए ।

वनबाट उत्पादन हुने पैदावारहरुको उच्चतम प्रयोग गर्न वन संग सम्बन्धित उद्योग संञ्चालन, फलफुल तथा जडीबुटी खेती विस्तार तर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।

रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले वन र यससंग सम्बन्धित उद्योगका बारेमा जडीबुटी खेतीमा ध्यान दिन सके मनग्य आर्थिक उपार्जन गर्न सकिने बताइन् । सामुदायिक वन महासंघ नेपालका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले वन र जीवनको महत्वका बारेमा जानकारी गराए ।

रामपुर नगरपालिका–५, का वडाध्यक्ष हिमाल मल्ल र वडा नम्बर १ का वडाध्यक्ष मित्रलाल कंडेलले विकास संगै वन विनास हुने गरेको बताए । रामपुर आयुर्वेदिक औषधालयका कबिराज चेमन प्रकाश पोखरेलले जुन बिरुवा पनि औषधि हुने हुँदा जडिबुटीजन्य विरुवा सामुदायिक बनहरु झाडी सफा गर्दा मासिदै गएको बताए । कोप्चे सामुदायिक वनका अध्यक्ष लेखनाथ पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरेले वन विकासमा बजेट खर्चिदा खेर नजाने बताए ।

वन तथा कृषि सहज कार्यक्रम (दोस्रो चरण) बजार तथा विकास सम्बन्धि प्रशिक्षण लेखनाथ शर्मा मरासिनीले दिए । वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर भित्रका १६ वटा सामुदायिक वनका प्रतिनिधि, वन संग सरोकार राख्ने संस्था र पत्रकारको उपस्थिती थियो ।

सामुदायिक वन महासंघ रामपुरका सचिव लक्ष्मी थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको सन्चालन सामुदायिक वन महासंघ निस्दीका अध्यक्ष विष्णु देव सोमैले गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय