अखिल क्रान्तिकारी र दलित मुक्ति मोर्चा गठन

पाल्पा । नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को रिब्दिकोट वडा नम्बर ५ कुसुमखोला गाउँ इकाई समिति गठन भएको छ ।

सात सदस्यीय समितिको अध्यक्षमा निता विक चयन भइन् । दलित मुक्ति मोर्चा, नेपालको पनि इकाई समिति गठन भएको छ । भिमा कुमारी विकको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी पाल्पाले जनसेवा, जनश्रमदान र जनअभियानको शिलशिलामा रिब्दीकोट वडा नं.५ कुसुमखोलामा गाउँ स्तरीय जनवर्गीय संगठन गठन गरेको जनाएको छ ।

अभियानमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव प्रभात, नेपाल कम्युनिष्ट पार्टीका रिब्दिकोट गाउँ पालिका ईन्चार्ज आकाश, दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नीर बहादुर विक लगायतका जिल्ला स्तरीय पार्टी एवम् जनवर्गीय संगठनका नेता कार्यकर्ताको उपस्थिति थियोे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय