पाल्पा । रैनादेवी छहरा–४, छहरा दागिलका स्वर्गीय कर्णबहादुर केसीको शोकसभा गरिएको छ । लामो समय सामाजिक र राजनीतिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै १३ औं दिनको पुण्यतिथिमा शोकसभा गरेको हो ।
शोक सभामा उपस्थित छहराका समाजसेवी बुद्धिजीवि, शिक्षाप्रेमीहरुले स्वर्गीय केसीप्रति श्रद्धाञ्जली प्रकट गरे । केसीको निःस्वार्थ समाजसेवाको चर्चा गर्दै शोक सभामा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले गाउँपालिकाले महत्पूर्ण व्यक्ति गुमाएको बताए । उनले यस दुःखद क्षणमा केसीले गर्न खोजेका सामाजिक काम गाउँ पालिकाले पूरा गर्ने बताए ।
शोक सभामा गाउँपालिकाकी कार्यपालिका सदस्य मीना रायमाझी, पाल्पा उद्योग बाणिज्य संघका कार्य समिति सदस्य नित्यानन्द पोखरेल, समाजेवी देवी प्रसाद पौडेल, टिकाराम पोखरेल, भैरव बहुमुखी क्याम्पसका प्रमुख खिमराज घिमिरे, भैरव माविका प्रधानाध्यापक झलक रायमाझी लगायतले लामो समय शिक्षा क्षेत्रसंगै समाज परिर्वतन गर्न लागी पर्ने बताएका थिए।
भैरव नवदिव माविका अध्यक्ष नल बहादुर रानाले कर्ण केशीको योगदान भैरव मावि र यो क्षेत्रले कहिल्यै नभुल्ने बताए । सामाजिक क्षेत्रमा देखाएको बाटो सबैले आत्मसाथ गरेर अगाढी बढ्न पर्ने समते उनले बताए ।