माथागढीमा उन्नत जातका बाख्रा र बोका

पाल्पा । माथागढी गाउँपालिकाको रुप्सेमा उन्नत जातका बाख्रा र बोका दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।

माडी कृषि बहुउद्देश्यीय सहकारी संस्थामार्फत यहाँका किसानहरुलाई दुई सय वटा पाठी र ४ वटा उन्नत जातका बोयर बोका वितरण गरिएको हो । बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत छुट्याएको १५ लाख रकमबाट यहाँका किसानहरुलाई बाख्रासँगै औषधि र दाना दिइएको सकाहरीका संयोजक जीवलाल भट्टराईले जानकारी दिए । ५० प्रतिशत अनुदानमा किसानलाई बाख्रा दिइएको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई, वडाध्यक्ष जनक रिजेल, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल लगायतले संयुक्त रुपमा किसानलाई बाख्रा वितरण गरे । गाउँपालिका उपाध्यक्ष भट्टराईले अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसबाट राम्रो आयआर्जन गर्न किसानलाई आग्रह गरिन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गर्नका लागि कार्यक्रम सञ्चानल गरिएको बताए ।

सम्बन्धित खवर