बगनासकालीमा ५० प्रतिशत अनुदानमा कृषि औजार

पाल्पा । बगनासकाली गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । गाउँपालिका भित्रका ९ वटै वडाका कृषकहरुलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन, कम्वाईन मिल, मकै रोप्ने मेसिन, डिजिटल तराजु, घाँस काट्ने मेसिन लगायतका कृषि औजार बितरण गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

गाउँपालिका अध्यक्ष बस्यालले कृषकलाई कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएको बताए । उपाध्यक्ष चिदीले कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिले भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताईन् ।

मानवीय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउर्ने गरी काम अगाडि बढेको कृषि शाखा प्रमुख राजेश बोहोराले बताए ।

अहिलेसम्म ७० वटा हाते ट्याक्टर, ६९ वटा कम्वाईन मिल, १९ वटा डिजिटल तराजु, ग्राइन्डर, मकै रोप्ने मेसिन, स्प्रेयर, सिकेटर,करौती जस्ता कृषि औजारहरु अनुदानमा वितरण गरिसकिएको उनले बताए । कार्यक्रममा १ का वडा अध्यक्ष सोमबहादुर झेडी, ३ का वडा अध्यक्ष टीकाबहादुर थापा, ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सिेना लगायतले कृषि औजार प्रयोग गरेर उत्पादन बढाउन सकिने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय