रामपुरमा मन्टेश्वरी विधिबाट पठनपाठन सुरु

पाल्पा ।  रामपुरस्थित रामतुलसी माविले मन्टेश्वरी विधिबाट पठनपाठन सुरु गरेको छ । विद्यालयले अभिावक र बालबालिकाको इच्छा, चाहानालाई मध्यनजर गर्दै शिशुकक्षा, नर्सरीदेखि एलकेजी र युकेजीमा मन्टेश्वरी विधिबाट पढाउन लागेको हो ।

बालमैत्री रुपमा पठनपाठन गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउन मन्टेश्वरी सन्चालन ल्याउन लागेको विद्यालयले जनाएको छ । सरकारी स्कुलमा पुर्व बालबिकास कक्षाहरुको नामले सञ्चालनमा ल्याउँदा यस विद्यालय पहिलो हुने दाबी गरिएको छ ।

पढाईको गुणस्तर, भौतिक संरचना अब्बल गराउने र वर्णन गर्न लायक गराउने लगायत जिल्लाकै नमुना बनाउने उद्देश्यका साथ पुर्व बालबिकास कक्षाहरुमा मनोरजन गरी बालबालिकाले पढ्नेछन् ।

विद्यालयमा भर्ना अभियान चलेको छ । आर्थिक अवस्था कमजोर भएका परिबारका बालबालिकालाई किताब, पोशाक, भर्ना शुल्क निशुल्क व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।

रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेका अनुसार विद्यालय भौतिक पूर्वाधारका लागि लडिरहेका थिए । भौतिक पक्षलाई माथि उकास्दै सरकारी स्कुलमा पुर्व बालविकास शिक्षा भनेर सुरुवात गर्ने अवस्थामा आइसकेको उनले बताए ।

नजिकका अन्य विद्यालयसंँग समन्वय गरी पुर्व बालविकास कक्षाहरु सञ्चालनका लागि आवश्यक भौतिकदेखि अन्य व्यवस्थापन अबको दुई महिनामा पूरा गरिने प्रधानाध्यापक लम्सालले बताए ।

सरकारी स्कुलहरु मध्येकै नमुना बिद्यालय बनाउने योजनासहित काम सुरु भएको उनले बताए । शैक्षिक पाटोमा सबै विद्यालयलाई समेट्दै लैजानेछ, बाहिरबाट आएकाहरुलाई पनि यो विद्यालयमा भएका हरेक कामको अवलोकन गरेर मात्रै जानका लागि आग्रह गर्ने गरेको रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख काफ्लेले बताए ।

नमुना विद्यालय अनुदान सहयोगबाट एक करोडको लागतमा राम तुलसी माविमा पूर्व बालविकास कक्षाहरु (मन्टेश्वरी) मा साना बालबालिका लक्षित शौचालय, पढ्दापढ्दै निदाएको अवस्थामा उनीहरुलाई सुताउने आरामदायी बेड, उनीहरुको चाहाना अनुसारको खेलौना र भोकाएका बेला स्वस्थ खानेकुरा उपलब्ध गराउन सुबिधाजन्य क्यान्टिन समेत व्यवस्थापन गरी निर्माण गरिएको छ ।

सम्बन्धित खवर