पाल्पा । रिब्दीकोट गाउँपालिकामा अपांगता भएकाहरुलाई सहायक सामाग्री बितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र पाल्पा सिविआर कार्यक्रमको समन्वयमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमबाट अपांगहरूलाई सहायक सामाग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिकाले पालिकाका आठ वटै वडाहरूका फरक क्षमता भएका नागरिकहरूलाई सहायक सामाग्री बितरण गरेको हो । गाउँपालिकाले फरक क्षमता भएका नागरिकहरूलाई सहयोग स्वरूप हुल चियर, टेबल लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा पाल्पा सिविआर कार्यक्रमका प्रमुख कृष्ण गहतहराजले रिब्दिकोट गाउँपालिकामा ३ सय ३७ जनालाई रातो, पहेलो र सेतो अपांग परिचय पत्र वितरण गरिएको बताए । ख्याहामा १० वटा, देउरालीमा एक, खस्यौलीमा तीन, भैरवस्थानमा तीन, कुसुमखालामा एक, ठिमुरेमा एक, पालुङमैनादीमा दुई, फेकमा दुई जनालाई सहायक सामाग्री बितरण गरिएको छ ।
रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले सहायक सामाग्री वितरणले पालिका भित्रका फरक क्षमता भएका नागरिकहरूलाई राहत पुग्ने बताए । सामान्यतया फरक क्षमता भएका नागरिकहरू सामान्य जीवन शैली भएका नागरिकहरू भन्दा फरक हुने बताए ।
उनले उनीहरूलाई एक स्थानबाट अर्को स्थान सम्म पुग्नका साथै हरेक किसिमका कार्यहरू सम्पादन गर्नका लागि निकै कठिन हुने हुँदा उनीहरूको दैनिक जीवन शैलीमा सहज ल्याउन पालिकाले साहायक सामाग्री वितरण गरेको अध्यक्ष जीसीले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले सबै वडामा पुगेर फरक क्षमता भएका नागरिकहरूको पहिचान गरेर उनीहरुलाई कार्ड बनाईदिएको बताइन् । रातो र निलोका लागि गाउँपालिकाले बीमा गरिदिएको छ भने अपांग भएका व्यक्तिहरूका लागि मासिक निर्वाह भत्ता उपलब्ध गराएको उनले बताइन् ।
ह्वील चियर, सेतो लठ्ठी, बैशाखी लगायतका सामाग्री वितरण गर्दै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले रिब्दिकोट गाउँपालिकाले पालिकाका आठ वटै वडाका फरक क्षमता भएका नागरिकहरूको पहिचान गरी उनीहरूलाई हिँडडुल गर्न सहायक सामाग्री बितरण गरेको बताए ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका फोकल पर्सन शिव जीसीले सबै वडामा बाख्रा वितरण, अदुवाको बीउ वितरण, भैसीका पाडापाडी वितरण, प्लास्टिक पोखरीको लागि सामाग्री वितरण, स्मार्ट टोल कार्यक्रम, महिलाहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको बताए ।