तिनाउमा बंगुर र मिनि टिलर बितरण

पाल्पा । तिनाउ गाउँपालिकाले बंगुरको पाठापाठी र मिनि टिलर अनुदानमा बितरण गरेको छ । तिनाउ गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कृषकहरूलाई बँगुरको बच्चा वितरण गरेको हो ।

गाउँपालिकाले वडा नम्बर २ खुर्सानेका दलित बस्तीमा २० घर परिवारलाई बँगुरका बच्चा वितरण गरेको वडाध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठले बताए । गाउँपालिकाकै खुर्सानेमा ३२ वटा बंगुर बच्चा बितरण गरेको छ ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत सिमान्तकृत, दलित, कृषक आयआर्जन शिर्षकबाट कृषकहरूलाई आयआर्जन मुलक कार्यमा जोड्ने हेतुका साथ बंगुरको बच्चा बितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले कार्यक्रमबाट बाख्रा वितरण, भैंसी वितरण, कृषि जन्य सामाग्री वितरण लगाएतका कार्यक्रमको माध्यमबाट पालिकाका ६ वटै वडा नागरिकहरूलाई आय आर्जनमा जोड्नका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउए ।

वडा न २ का कृषकहरूको मागका आधारमा उनीहरूलाइ आयआर्जन मुलक कार्यक्रममा उत्प्रेरित गराउनका लागि बंगुरका पाठा पाठी वितरण गरिएको अध्यक्ष घर्ती मगरले बताए ।

बाख्रा पकेट क्षेत्रमा बाख्रा पाठापाठी वितरण, भैसीका पाडापाडी वितरण, मौरी घार वितरण, बंगुरको पाठापाठी वितरण, कृषि जन्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा, वडासदस्यहरु बल बहादुर सारु, शान्ति बिक, समाजसेवी चक्रब्युह थापा लगायतले आयआर्जनका लागि बंगुरको पाठापाठी उपयोगी हुने बताए ।

तिनाउ गाउँपालिकाले कचलका कृषकहरूलाई मिनिटिलर वितरण गरेको छ । गाउँपालिकाले कचलफाँटको लागि धान ब्लक क्षेत्र घोषणा गरी प्रदेश सरकारसँग धान ब्लक कार्यक्रम संचालन गरेको छ ।

कृषकको माग अनुसार अनुसार कृषि ज्ञान केन्द्र मार्फत स्थानीय कृषि सहकारीसंग समन्वय गरी करिब ४५ लाखको कार्यक्रम मध्ये ५०% अनुदानमा मिनिटिलर बितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माले बताए ।

तिनाउले कृषकहरू कृषिमा यान्त्रिकरणको मार्फतबाट कृषिमा आधुनिकिकरण गरी गाउँपालिकाका कृषकहरूलाई कृषिमा आत्म निर्भर बनाउनका लागि कार्यक्रम प्रभावकारी हुने वडाध्यक्ष रोमबहादुर लम्तरीले बताए ।

गाउँपालिकाले प्रदेश सरकार र कृषि ज्ञान केन्द्र मार्फत स्थानीय कृषि सहकारीसँग समन्वयमा कृषकहरूको मागको आधारमा मिनिटिलर वितरण गरिएको हो । कृषि प्रणालीको सट्टा यान्त्रिकरणमा जोड दिएर कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा उत्प्रेरित गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले तिनाउ गाउँपालिकाले विभिन्न कार्यक्रम मार्फत पालिकाका कृषकहरूलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न आधुनिक यन्त्र उपकरणहरूको वितरण गरेको बताए ।

तिनाउका अधिकाँश नागरिकहरू कृषि पेशामा आश्रित रहेकाले कृषिमा आधुनिकरण नगर्दासम्म नागरिकहरूको जीवनस्तरमा सुधार नहुने हुदा तिनाउ गाउँपालिकाले कृषिमा आधुनिकिकरण गर्न गाउँपालिका अगाडि बढेको उनले बताए ।

सम्बन्धित खवर