पाल्पा । तिनाउ गाउँपालिका, गिट्टीखानी हिउँदेखोला क्षेत्रमा खसेको पहिरोले पुरिएर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको मृत्यु भएको छ ।
पहिरोले पुरिएर गम्भीर घाइते भएकी गुरुङलाई लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र उपचारकै क्रममा शुक्रबार राती साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए । सोही पहिरोमा पुरिएर ४५ वर्षीय बीर बहादुर गुरुङ र ४ वर्षीय आरम्भ परियारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोले बगाउ“दा घाँइते भएका ६ जना उपचारपछि घरफर्केका छन् । सात जनाले पहिरोमा भागेर ज्यान जोगाएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer