पाल्पामा पहिरोमा पुरिएर दुइ जनाको मृत्यु

पाल्पा,  अविरल बर्षाका कारण पहिरोमा पुरिएर दुइ जनाको मृत्यु भएको छ  । पहिरोमा परी ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ  ।

तिनाउ गाउँपालिका – ५, हिउँदेखाेला गिट्टी खानी, क्षेत्रमा माथिबाट झरेको पहिरोले घर बगाउदा ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय चार वर्षीय बालक अारम्भ परियारकाे  को मृत्यु भएको हाे। पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

पहिरोले घर बगाउँदा सोही ठाउँका रमेश परियारको ४ बर्षीय छोरा आरम्भ परियार पुरिएकाे अवस्थामा कल्याणी अाधारभूत विद्यालय जाने बाटाेमा भेटिएकाे प्रहरीले जनाएकाे छ । नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले पुरिएको छ ।

पहिरोले स्थानीय २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा पर्याप्त जनशक्ति घटनास्थलमा पुग्न कठिन भएको थियाे ।

दाेभानबाट प्रहरी अाएपछि  स्थानीयकाे सहयाेगमा घाइतेकाे उद्दार गरी अस्पताल पठाएका थिए । बुटवलतर्फ लैजान कठिन भएकाे र तानसेन लैजान पनि कालीमाटीमा पहिराे झरेकाले समस्या भएकाे थियाे । स्थानीय प्रेम श्रेष्ठ, विष्णु गाहा, सुन्दर गाहा लगायतकाे पहलमा घाइतेकाे उद्दार भएकाे थियाे । पहिराे पीडितलाइ कल्याणी अाधारभूत विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएकाे प्रधानाध्यापक सुन्दर गाहाले बताए ।

पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड समेत अवरूद्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्रमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।

सम्बन्धित खवर