पूर्वखोलामा कोभिड १९ व्यवस्थापनमा सहज

पाल्पा । पूर्वखोला गाउँपालिकाले योजनाबद्ध रुपमा काम गर्दा कोभिड १९ व्यवसथापनमा सहज भएको जनाएको छ । कोभिड १९ संक्रमण रोकथाम, उपचार तथा व्यवस्थापनमा समयमै कार्ययोजना निर्माण गरी कायान्वयन गर्दा व्यवस्थापनमा सहज भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

संंक्रमणको पहलिो लहरमा अपनाइर्एको रोकथामको विधी यसपटक पनि तत्काल कार्यान्वयन गर्दा पालिका भित्रको संक्रमणलाई नियन्त्रणमा राख्न सकिएको उनले बताए । स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराई गतिविधि संचालन गरिएको छ ।

भारत तथा अन्य देशका साथै जिल्ला वाहिरबाट गाउँपालिका भित्र प्रवेस गर्ने नागरिको तथ्यांक अध्यावधि गर्ने,आबश्यक क्वारिन्टीन र आइसोलेसन व्यवस्थापनका गर्दा संक्रमण नियन्त्रणमा राख्न सकिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।

संकास्पद संक्रमितको परीक्षण र उपचारका लागि कोभिड १९ अस्पताल संचालनमा रहेकोले पनि सहज भएको पालिकाले जनाएको छ । गाउँपालिको प्रत्यक वडामा संक्रमण रोकथामका लागि समन्वय समिति गठन गरिएको छ ।

स्थानीय स्तरमा युवा,महिला समूहका लागि सचेतना कार्यक्रम गरिएको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए । उनका अनुसार संक्रमितको निगरानी र हेरचाँहका लागि स्वास्थ्यकर्मीलाई प्रोत्साहन सहितको जिम्मेवारी दिइएको छ ।

संक्रमितका अभिलेख व्यवस्थापन, फलोअप, औषधी तथा पौष्टिक आहार वितरणको व्यवस्था समेत भएको संयोजक ढकालले जानकारी दिए ।

पूर्वखोला गाउँपालिकामा कोरोनाको दोस्रो भेरिएन्टमा हालसम्म २ सय २४ जना संक्रमित भएका छन् । जसमध्य २ सय १२ जना निको भएका छन भने ४ जनाको मृत्यु भएको छ । अहिले ८ जना संक्रिय संक्रमित रहेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर