३७ प्रतिशत विद्यार्थी अनलाइन कक्षामा

पाल्पा । रिब्दीकोट गाउँपालिकाले संचालन गरेको जुम अनलाइन कक्षामा ३७ प्रतिशत विद्यार्थीको सहभागिता रहेको छ । रिब्दीकोट गाउँपालिका शिक्षा समितिको बैठकले जुम अनलाइन कक्षाको समिक्षा गर्दै बैठक बसेको छ ।

बैठकले कोरोना माहामारीका बाबजुद विद्यार्थीहरूले भौतिक रूपमा विद्यालयमा उपस्थित भई शैक्षिक गतिविधिमा सामेल ुन नसकेको परिस्थितिमा गाउँपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको र उक्त कक्षाको प्रभावकारिताका विषयमा बैठकमा समिक्षा गरेको हो ।

गाउँपालिकाले कोरोना माहामारीका कारण २०७८ असार १६ देखि संचालनमा ल्याएको मावितहको जुम कक्षा (अनलाइन कक्षा) को बारेमा समिक्षा गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।

गाउँपालिकाले कक्षा संचालनको ५ औ दिनसम्म करिव ३७ प्रतिशत अर्थात १४० जना विद्यार्थीहरु कक्षा लिन सफल भएका थिए । जुम अनलाइन कक्षा प्रभावकारी रहेको शिक्षा शाखा प्रमुख मणि खनालले बताए ।

आगामी दिनमा कक्षा ८ को पनि पालिकास्तरीय जुम कक्षा संचालन गर्ने निर्णय गरेको छ । तल्ला कक्षाहरुमा विद्यालयले नै वैकल्पिक सहजिकरण विधि मध्ये उपयुक्त विधि छनोट गरी सिकाइलाई निरन्तरता दिन विद्यालयहरुलाइ जानकारी गराउने निणर्य गरिएको शिक्षा शाखा प्रमुख खनालले बताए ।

पछिल्लो समयमा विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विद्यार्थीहरू भौतिक रूपमा विद्यालयमा उपस्थित हुन नसकेको विषम परिस्थितिमा शैक्षिक ज्ञान हासिलबाट विद्यार्थीहरू बन्चित नहुन भनी गाउँपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको हो । गाउँपालिकाले पालिकाका विद्यार्थीहरूलाई धेरै भन्दा धेरै सहभागी गराउनका लागि पहल समेत गरेको छ ।

सम्बन्धित खवर