पाल्पा । रिब्दीकोट गाउँपालिकाले डल तथा कुसन र चुरापोते बनाउने तालिम चलाएको छ । रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका विभिन्न स्थानमा कार्यक्रम संचालन भएको हो । कुसुमखोलाका विभिन्न स्थानमा संचालन भएको तालिमको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको छ ।
अध्यक्ष जीसीले सीप सिकेपछि स्वरोजगार बन्न सहज हुने भएकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कायृक्रम अन्तर्गत महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम चलाइएको बताए ।
उनले जीवनस्तर परिवर्तनका लागि सीप सिकाउनु जरुरी रहेको बताए । कुसुमखोलाका महिलाहरुलाई दिइएको सीपबाट स्वरोजगार हुनलाई सहज हुने वडाध्यक्ष कृष्ण बहादुर थापाले बताए । उनका अनुसार टोलटोलका महिलाले केही न केही सीप सिक्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममा १५ जना महिलाहरूको सहभागीता रहेको थियोे । गाउँपालिका र वडाको समन्वयमा आफुहरूलाई तालिम प्रदान गरि आयआर्जन मुलक कार्यमा लाग्न सहयोग गरेकोमा तालिममा सहभागी महिलाहरूले गाउँपालिका र वडा कार्यालयलाई धन्यवाद दिए । कार्यक्रमको संचालन सुरेश ढकालले गरेका थिए ।