रामपुरको कभर्डहलको खर्च सार्वजनिक

पाल्पा । रामपुर नगरपालिका ७ मा निर्माणाधिन कभर्डहलको खर्च सार्वजनिक गरिएको छ । सार्वजनिक सुनुवाई मार्फत कभर्डहल निर्माण समितिले आर्थिक वर्ष २०७७/०७८ को खर्च सार्वजनिक गरेको हो ।

क्रमागत योजना अन्तर्गत झण्डै १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न हुने योजनाको २०७४ मा डिपिआर तयार गरि निर्माण थालनी गरिएको थियो । १८ मिटर चौडाई र ३० मिटर लम्बाई सहितको निर्माणाधिन कभर्डहल जिल्लामै ठूलो हो ।

आर्थिक वर्ष २०७७/०७८ मा १६ लाख ६ हजार ५ सय ८२ बराबरको खर्च सार्वजनिक गरिएको छ । जसमा केन्द्र सरकारले जिल्ला खेलकूद विकास समिति मार्फत दिएको १४ लाख ३४ हजार ५ सय र जन श्रमदान बाट २ लाख १५ हजार १ सय ७५ रुपयाँको काम भएको कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले जानकारी दिए ।

कभर्डहल नहुँदा युवा प्रतिभाहरु ओझेलमा परेकाले अब थप जागरुक बनाउनका लागि कभर्ड हल निर्माण हुन लागेको हो । खेलकुद क्षेत्रमा रामपुर सहित गण्डकी बेशी बाट युवाहरु केन्द्रसम्म पुगेपनि अभ्यासको लागि उचित वातावरण नहुँदा सोचे जस्तो नभएकाले कभर्ड हल निर्माण कार्यलाई चासोका साथ लिइएको समितिका सचिव टिकाराम रेग्मीले बताए ।

निर्माण सम्पन्न पश्चात वर्षादको समयमा पनि युवाहरुले क्रिकेट र फुटबल बाहेक अन्य खेल खेल्न तथा अभ्यास गर्न सक्नेछन् । समितिले प्रत्येक वर्ष काम सकिए पछि सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय