पाल्पा । निस्दी गाउँपालिकाले सहज इन्टरनेट सेवा नहुँदा काम प्रभावित हुने गरेको जनाएको छ । पछिल्लो समय स्थानीय तहहरु सवैमा डिजिटल अभिलेखका साथै अन्य कार्यालयको काम गर्दा इन्टरनेट आवश्यक पर्छ ।
तर भौगोलिक हिसावले विकट मानिएको निस्दी गाउँपालिकामा दैनिक रुपमा हुने इन्टरनेट समस्याले काम गर्न समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिए ।
उनका अनुसार अहिले व्यक्तिगत घटना दर्ता देखी अधिकांश काम गर्न इन्टरनेट आवश्यक हुने बताउनुभयो । सेवाग्राही काम भएन भनेर गुनासो गर्ने तर इन्टरनेट समस्याले गर्दा पालिकालाई सास्ती भएको उनले बताए ।
गाउँपालिकामा अहिले स्टोर रेर्कड,माग फारम भूक्तानी प्रकृया सुत्रमा आधारित भएर इन्टरनेट मार्फत काम गर्नुपर्ने अवस्था छ । इन्टरने नभए योजना,खरिद वा अन्य प्रकृया अगाडि बढाउन समस्या हुन्छ ।
त्उसैले इन्टरनेटमा आउने समस्याले गर्दा दैनिक रुपमा भूक्तादीका लागि चेक काटन समेत समस्या हुने गरेको लेखा अधिकृत सरोज काफ्लेले बताए । उनका अनुसार इन्टरनेट छिनछिनमै आउने र जाने गर्ने भएकोले लगातार काम गर्न सकिदैन ।
गाउँपालिकामा अहिले स्काई वेब रिसिभरबाट वर्डलिंकको इन्टरनेट संचालन गरिएको छ । यो निरन्तर र प्रभावकारी नहुदाँ समस्या भएको हो । भूगोल र मौसमका कारण पनि पटक पटक समस्या आउने गर्दछ । जवसम्म फाईवर नेट निस्दीमा नआदाँसम्म इन्टरनेटको समस्या रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।