पाल्पा । पूर्वखोला गाउँपालिका–५, बीरकोटमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सम्पन्न भएको छ । बीरकोट स्वास्थ्य चौकी भवनमा भएको पोषण स्वास्थ्य संस्था घोषणा समारोह पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले धेरै लगानी गरेको बताए ।
उनले जनताको स्वास्थ्य नै ठूलो धन भएकाले पनि यस क्षेत्रमा लगानी गरिएको बताए । जबसम्म कुनै कुरा जरादेखि पत्ता लगाउन सकिँदैन तबसम्म कुनै पनि कार्यगर्न सफल र सम्भब हुन नसक्ने बताउँदै सत्य तथ्य के हो पत्ता लगाई त्यसको आधारमा सबै भन्दा पहिला आफैसक्षम भई अगाडि बढान सकेमात्र सबैलाई अगाडि बढाउन सकिने बताए ।
विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराईले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बताइन् ।
उपाध्यक्ष भागीरथी भट्टराईले बिषादी राखेको फलफुल र तरकारीहरुलाई किनेर खानु भन्दा आफैले उजाएरको फलफुल र तरकारीहरु खान सकेमा पौषण तथा खाद्यान सुरक्षामा सहयोग पुग्ने बताइन् ।
गाउँपालिकाका स्वास्थ शाखा प्रमुख मोहन ढकालले विगतमा पनि स्वास्थ्यका क्षेत्रमा काम भइरहेको र अहिले पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
बेस नेपाल सुहाराका संयोजक दिनेश घिमिरे, स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेल, वडा सदस्य याम बहादुर सारु पार्बती हिताङग बेस नेपाल सुहाराका पोषण सहजकर्ता सागर हिस्की लगायतले पोषणमत्रै स्वास्थ्य संस्था भएकामा बधाई दिए ।
कार्यक्रम पु्र्वखोला गाउँपालिका–५, बीरकोटकी वडा सदस्य तथा गाउँपालिकाको कार्यकारिणी सदस्य साबित्रा थापाको अध्यक्षता, बीरकोटको स्वास्थ्य चौकीको सुचना अधिकारी रतना फालको संचालन र अनमी लक्ष्मी थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।