
पाल्पा । रिब्दीकोट गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा अग्रसरता लिएर काम गरेकाले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा सहयोग पुगेको छ । उसले कार्ययोजना बनाएर काम गर्दै आएको छ । रिब्दीकोटले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र नजिकै पाँच वेडको अक्सिजन सुविधा सहितको कोभिड अस्पताल संचालन गरेकोछ ।
देउराली स्वास्थ्य चौकीमा २० वेडको आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २९ वटा अक्सिजन सिलिन्डर, तीन वटा अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरु कमी नहुने गरी प्रबन्ध गरिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।
हालसम्म १९ जना कोरोना संक्रमितहरुले अस्पतालबाट सेवा लिइसकेको उनले बताए । कोभिड १९ को अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुलाई तलबको शत प्रतिशत प्रोत्साहान प्रदान गरिएको छ उनले बताए ।
पालुङमैनादी आयुर्वेद औषाधलय मार्फत ३ लाख बराबरको रोग प्रतिरोधी शक्ति विकास गर्ने आयुर्वेदिक औषधीहरु खरिद गरी १६८ जना संक्रमित तथा कन्ट्रायाक्क ट्रेसिङ्गमा परेका व्यक्तिहरुलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए ।
कोरोना संक्रमितलाई अस्पताल सम्म जानको लागी ३ वटा निशुल्क एम्बुलेन्स सेवा व्यवस्था गरिएको छ। एम्बुलेन्स चालकको स्वास्थ्य बिमा समेत गरिएको उनले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट पाल्पा अस्पताल कोभिड ल्याबको लागि ८ लाख उपल्ब्ध गराइएको छ ।
उक्त ल्याब मार्फत ९ सय जना रिब्दिकोटबासीको निशुल्क पिआिर परिक्षण गरिएको छ।त्यस्तै जुनसुकै समयमा पनि निशुल्क ब्लतष्नभल त्भकत को व्यवस्था मिलाइएको उनले बताए ।
१ सय ५० जना संक्रमितको घरघरमा स्वास्थ्यकर्मी पुगी अक्सिजनको मात्रा नाप्ने, औषधीहरु प्रदान गर्ने र स्वास्थ्य सम्बन्धी सुझाव सल्लाह दिने काम भएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताइन् ।
माग बमोजिम स्वास्थ्य संस्था,वडा, पुलिस चौकी, पत्रकार महासंघ लगायत विभिन्न संघसंस्थालाई मास्क, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामाग्री उपल्ब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।
गाउँपालिकाभित्रका २८४ जनालाई कोरोना बिरुद्धको दुवै डोज कोभिडसिल्ड खोप, ६५ बर्ष माथिका ११०० जनालाई कोभिडसिल्डको पहिलो डोज र ६२ देखी ६४ बर्षसम्मका २०९ जनालाई भेरोसेल खोप लगाइ सकिएको उनले बताए । यसरी १ हजार ५ सय ९३ जनाले खोप सुविधा प्राप्त गरेका छन् ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रलाई १० बेडको अस्पतालमा स्तरउन्नोती गर्न १० रोपनी जग्गा सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कागजात पेश गरिएको उनले बताए ।
अस्पतालको भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गाउँपालिका प्रवक्ता एवम् ३ नं. वडाका वडाध्यक्ष बिष्णु प्रसाद खनालले गरे । खस्यौली अस्पताल, ख्याहा स्वास्थ्य चौकी, भैरवस्थान चौकीको भवन निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट काम सुरुवात भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।
ताल्तुङ पेलाचौर सामुदायीक स्वास्थ्य इकाइको भवन निर्माणको काम सम्पन्न भएको छ । धुस्टुङमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको छ।त्यस्तै पालुङ स्वास्थ्य चौकीमा ट्रस निर्माण र ल्याबका सामाग्री खरिद गरिएको छ।देउराली र फेक स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य तर्फका रिक्त स्वीकृत दरबन्दीमा करार सेवाको विज्ञापन गरी पदपुर्ति गरिएको छ।यसबाट सबै स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मीको उपलब्धता भएको छ । करार सेवामा कार्यरत कर्मचारीको मागबमोजिम उनीहरुलाई उत्प्रेरित गर्न र मनोबल बढाउन आठौँ गाउँसभाबाट चालु आर्थिक वर्षको माघदेखी लागु हुने गरी सबै कर्मचारीहरुलाई नेपाल सरकारले निर्धारण गरेको तलब भत्ता तथा सुविधा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष जीसीले बताए ।
गाउँपालिकालाई चाहिने औषधि टेण्डर प्रकृयाको माध्यमबाट खरिद गरिएको छ । टेन्डर गर्दा १२ लाख लागत अनुमानको औषाधी ३ लाख ३८ हजारमा खरिद गरिएको थियो । बाँकी रकमबाट सोही दररेटमा सोही औषधीहरु खरिद गरिएको छ।
हाल स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषाधीहरु मौदाज्त छन् । स्वास्थ्य सम्बन्धी स्टोर प्रणालीलाई पुर्णरुपमा अनलाइन बनाइएको छ जसबाट स्वास्थ्य संस्थामा भएको औषधीको मौदाज्त र खर्चको हिसाब दुरुस्त भएको छ।
सबै वडाका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई कार्यक्रम गरी दोसल्ला ओढाई तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ । ९० जना दीर्घरोगीहरुलाई पोषण तथा यातायात खर्च वापत प्रति दीर्घरोगी ६ हजार उपलब्ध गराइएको छ ।
कडा रोग लागेका २१ जना विपन्न नागरिकलाईर एक लाख बराबरको निशुल्क औषधिउपचार सहायताको लागि अस्पतालमा सिफारिस गरिएको लेखा अधिकत मन्जु पन्थीले बताइन् ।