खोप व्यवस्थापन गर

खाडी मुलुकले‍ खो‍प लगाएका कामदार‍ मात्रै‍ लै‍जाने‍ भने‍पछि विदे‍शमा काम गर्न फर्कने‍ श्रमिकलाई मर्का पर‍े‍को‍ छ । सर‍कार‍ले‍ खो‍प ल्याउन सके‍को‍ छै‍न भने‍ आएको‍ खो‍प पनि वै‍दे‍शिक र‍ो‍जगार‍ीमा जाने‍ले‍े‍ प्राथकिमता पाएका छै‍नन् । जसले‍ गर्दा विदे‍शमा काम गनेर्‍हरु लामो‍ समयदे‍खि फर्किन पाएका छै‍नन् । को‍र‍ो‍ना भाइर‍स संक्रमणको‍ दो‍स्रो‍ लहर‍ सुरु हुनुअघि घर‍ आएका धे‍र‍ै‍ कामदार‍ अहिले‍ खो‍पको‍ खो‍जीमा भौ‍तारि‍एका छन् । धे‍र‍ै‍ कामदार‍ घर‍मा आएको‍ धे‍र‍ै‍ भयो‍ । निषे‍धाज्ञाले‍ गर्दा जहाज चले‍न अहिले‍ फर्किन समस्या भएको‍ छ । मुलुकभर‍ यस्ता हजार‍ौ‍ं कामदार‍ पीडामा छन् । निषे‍धाज्ञा अघि नै‍ खाडी मुलुकबाट विदामा आए । निषे‍धाज्ञापछि र‍ जहाज बन्द भए । अहिले‍ जहाज खुले‍को‍ छ । छुट्टीमा आएका मात्र हो‍इन, भिजिट भिसामा जाने‍ जो‍ को‍ही जान पाएका छै‍नन् ।

खाडी मुलुकले‍ चार‍मध्ये‍ एक भ्याक्सिन दुई डो‍ज लगाएकालाई मात्रै‍ प्रवे‍श गर्न भने‍को‍ छ । ने‍पालमा दुबईले‍ तो‍के‍का चार‍वटै‍ भ्याक्सिन ल्याएको‍ छै‍न । युवाहरु बै‍दे‍शिक र‍ो‍जगार‍मा जाने‍हरुले‍ लगाउने‍ नपाउने‍ हो‍ भने‍ छुट्टीमा आएकालाई अब जहाज खुले‍पनि फर्कन नसक्दा समस्या भएको‍ छ । सर‍कार‍ले‍ यसमा गम्भिर‍ हुनुपर्छ । त्यहाँका सर‍कार‍ले‍ खो‍प लगाएका कामदार‍लाई मात्र खाडी मुलुक प्रवे‍श अनुमतिको‍ नियम लागू भएको‍ छ । यूएई र‍ कुवे‍तले‍ अनुमो‍दन गर‍े‍को‍ खो‍प लगाएकालाई प्रवे‍शको‍ अनुमति दिने‍ नीति लिएको‍ छ । कुवे‍तले‍ अक्सफो‍र्ड–अस्ट्राजे‍ने‍का, फाइजर‍, मो‍डर्ना र‍ जो‍न्सन एन्ड जो‍न्सनलाई अनुमो‍दन दिएको‍ छ । यी सबै‍ खो‍प ने‍पालमा अभाव र‍हे‍को‍ छ ।

खो‍पका लागि कतिपयले‍ स्वास्थ्य कार्यालयसम्म पुगे‍र‍ हार‍गुहार‍ पनि गर‍े‍ तर‍ लगाउन पाएका छै‍नन् । जहाँ गएपनि हामीलाई सीमित खो‍प आएको‍ छ । त्यसमा पनि फ्रन्टलाइनर‍ र‍ वृद्धवृद्धामात्रै‍ सर‍कार‍को‍ प्राथमिकता र‍हे‍का छन्  । को‍र‍ो‍नाको‍ पहिलो‍ संक्रमणको‍ लहर‍ दे‍खिएलगत्तै‍ कुवे‍तले‍ ने‍पालबाट कामदार‍ आउन दिएको‍ छै‍न । साउदी अर‍बले‍ पनि एयर‍लाइन्स कम्पनीहरूलाई खो‍प नलगाएका यात्रुलाई नबो‍क्न निदेर्‍शनात्मक आदे‍श जार‍ी गर‍े‍को‍ छ । साउदी प्रवे‍श गनेर्‍ यात्रुले‍ बो‍र्डिङ पास लिने‍ बे‍ला खो‍प लगाएको‍ प्रमाणपत्र पे‍स गर्नपर्छ । आन्तरि‍क मन्त्रालय, साउदीको‍ सूचनाअनुसार‍ आउँदो‍ साउन १७ दे‍खि खो‍पको‍ मात्रा पूर‍ा भएका कामदार‍ मात्रै‍ कार्यक्षे‍त्रमा काम गर्न पाउने‍छन् । बिनाखो‍प काम गर‍े‍को‍ भे‍टिएमा जरि‍वाना, निलम्बनदे‍खि डिपो‍र्टसम्म गर्न सक्ने‍ नीति ल्याइएको‍ छ । त्यसै‍ले‍ सर‍कार‍ले‍ र‍े‍मिटे‍न्स ल्याउने‍ मात्र हो‍इन खो‍पको‍ पनि व्यवस्थापन गर्नुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय