किसानलाई अनुदानमा कृषि सामग्री

पाल्पा । तानसेन नगरपालिकाले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत आर्थिक समृद्धि बनाउन ग्रामीण भेगका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ ।

नगरप्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले ५० प्रतिशत अनुदानमा किसानलाई हाते टेक्टर, कम्बाइन मिल, च्यापकटर गरी ६१ थान कृषि सामग्री वडामार्फत किसानलाई उपलब्ध गराए ।

सामग्री वितरण गर्दै नगरप्रमुख शाहीले कृषिमा यान्त्रिकरणको प्रयोग गरी श्रम र लागत घटाई उत्पादन बढाउन कृषि सामग्री वितरण गरिएको बताए ।

उपप्रमुख लक्ष्मीदेवी पाठकले समयअनुसार कृषि पेशालाई परिमार्जन गर्दै लैजानका लागि अनुदानमा कृषि सामग्रीले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । नरपालिका भित्रका ग्रामीण वडामा रहेका कृषि समूह, सहकारीमार्फत आएका निवेदनका आधारमा मिनि टिलर वितरण गरिएको सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए ।

सम्बन्धित खवर