पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङका विभिन्न कार्यालयमा तोडफोड र चोरी भएको छ । रातीको समयमा अज्ञात समूहले वडा कार्यालय, सहकारी, हुलाक लगायतका कार्यालयमा चोरी गरेको हो ।
मुझुङ टोलमा रहेको वडा कार्यालय, कालिका माविको कार्यालय, महिला सहकारी संस्था, हुलाक कार्यालय, कृषि सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।
तोडफोडसँगै कार्यालयबाट नगद चारी गरेको छ । मुझुङ कृषि सहकारी कार्यालयबाट चार हजार, वडा कार्यालयबाट एक हजार ६ सय, कालिका माध्यमिक विद्यालयबाट ५० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।
स्थानीय नेत्र बहादुर कार्कीको नास्ता पसलमा पनि तोडफोड गरी नगद सात हजार चोरी गरेको जनाइएको छ । साथै चोरी गर्ने समूहले एनटीसीको आठ हजारको रिचार्ज कार्ड चोरी गरेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।