पाल्पा । तानसेन नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री बितरण गरेको छ । सामाग्री बितरण गर्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले विपन्न समुदायको विकासका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सहयोगी भएको बताए । विपन्न बालबालिकाका लागि तानसेनका चार वटा विद्यालयलाई सामग्री दिइएको हो ।
तानसेन नगरपालिका–८, स्थित शारदा मावि, तानसेन–१३, बौघागुम्बाको सर्वोदय मावि, तानसेन–१०, तेल्घाको मण्डली मावि र तानसेनको बाल मन्दिर प्राविलाई प्रारम्भिक बालबिकास कक्षा व्यवस्थापन सामाग्री प्रदान गरिएको छ ।
यस अन्तर्गत झोला, ट्रयाक सुट लगायतका सामाग्री बितरण गरिएको छ । सात वटा विद्यालयलाई प्ररम्भिक बाल विकासमा वसाई व्यवस्थापन, फर्निचर, संगीतका सामाग्री बितरण गरिएको शिक्षा साखा प्रमुख रेशमराज न्यौपानेले जानकारी दिए ।
समाजमा रहेका विपन्न, दलित तथा पछाडि परेका समुदायका लागि रोजगारमूलक कार्यक्रमदेखि विभिन्न सहयोग प्रदान गर्नेसम्मका कार्यक्रमह गरेको नगर युवा परिषदका अध्यक्ष गुराँस आत्रेय ले बताए ।
वितरण समारोहमा उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रसासकीय अधिकृत पिताम्बर पाण्डेय लगायतले शिक्षाको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।